अपडेट 
२०७८ फाल्गुन १८, बुधबार १७:००

समयमा परीक्षा सञ्चालन नगरेको विरोधमा विद्यार्थीहरुले राजर्षि जनक विश्वविद्यालय क्याम्पसमा तोडफोड गरेका छन् । तोडफोडमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

विद्यार्थीलाई पक्राउ गरेको विरोधमा आन्दोलित अन्य विद्यार्थीहरु जिल्ला प्रहरी कार्यालय अगाडि पुगेर प्रदर्शन गरेका छन् । उनीहरु प्रहरी कार्यालयको मुख्यद्धार अगाडी धर्ना बसेका हुन् । विद्यार्थीलाई थग्न मिल्दैन, अविलम्ब परीक्षा सञ्चालन गर, पक्राउ परेका विद्यार्थीलाई रिहा गर जस्ता नाराबाजी उनीहरुले गरेका थिए ।

विश्वविद्यालय क्याम्पसमा तोडफोड गरेपछि चार जना विद्यार्थीलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार अहिले आन्दोलन रोकिएको छ । विद्यार्थी र क्याम्पसका प्रशासनका पदाधिकारीबीच छलफल भइरहेको छ ।

क्याम्पसको लापरबाहीका कारण समयमा परीक्षा नभएको विद्यार्थीहरुको आरोप छ । एक विद्यार्थीका अनुसार क्याम्पसले फागुन १८ देखि २३ गतेसम्म परीक्षा लिने सूचना निकालेको थियो । तर इन्टर्नल एसेस्मेन्ट मार्क नभएका कारण परीक्षा स्थगित भएको छ ।

समयमा इन्टर्नल एसेस्मेन्ट मार्क नपठाएर क्याम्पसले चरम लापरबाही गरेको विद्यार्थीहरुको भनाई छ । क्याम्पस प्रशासनको लापरबाहीले विद्यार्थी समस्यामा परेको बताइएको छ ।

पटक पटक आन्दोलनका कारण राजर्षि जनक विश्वविद्यालय बदनाम भइरहेको छ । यसअघि करार नियुक्तिको माँग गर्दै पेपर कन्ट्याक्ट शिक्षकहरु विगत एक वर्षदेखि आन्दोलित थिए ।

https://www.youtube.com/watch?v=VzR7rinzOeY&t=2s

Comment


Related News

Latest News

Trending News