अपडेट 
२०७८ फाल्गुन १८, बुधबार १८:१७

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले ५० करोड डलरको कम्प्याक्ट परियोजनासम्बन्धी सम्झौता नेपालको संसदबाट पारित गरेकोप्रति स्वागत गरेको छ ।

अमेरिकाको वासिङ्टनस्थित मुख्यालयले प्रतिनिधिसभाबाट पारित भएको उक्त सम्झौताको एक विज्ञप्तिमार्फत स्वागत गरेको हो। ‘एमसीसी पारित गर्ने सम्पूर्ण अधिकारी सार्वभौम अधिकार नेपाल सरकारमा निहीत रहेको थियो’, एमसीसीको विज्ञप्तिमा भनिएको छ, ‘यो पारित गरेसँगै एमसीसीको ५ वर्षे कार्यक्रम कार्यान्वयन गर्ने दिशामा काम गर्न बाटो खुलेको छ ।’ ऊर्जा र यातायात क्षेत्रलाई आधुनिकीकरण गर्ने नेपालको लक्ष्यअनुसार एमसीसीले २०१७ मा अनुदान सम्झौता गरेको पनि विज्ञप्तिमा स्मरण गरिएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकले एमसीसीबारे व्याख्यात्मक घोषणा सहित प्रतिनिधिसभाले पारित गरेको थियो । एमसीसीले संसदको निर्णयको स्वागत गरेकाले व्याख्यात्मक घोषणालाई पनि स्वीकार गरेको रुपमा अर्थ्याइएको छ ।

यसअघि नेपालस्थित अमेरिकी दूतावासले पनि एमसीसी पारित भएको विषयको स्वागत गरेको थियो ।

Comment


Related News

Latest News

Trending News