२०७८ फाल्गुन १८, बुधबार १९:४८

नेपाली काङग्रेसको पर्सा जिल्लाको सभापतिका लागि दुई जना बीच प्रतिस्पर्धा हुने भएको छ।

नेपाली कांग्रेस जिल्ला सभापतिका लागि तत्कालीन जिल्ला विकास समितिका पूर्वसभापति जनार्दनसिंह क्षेत्री र कांग्रेसका निवर्तमान जिल्ला सचिव श्याम पटेलबीच प्रतिस्पर्धा हुने भएको हो।

क्षेत्रीलाई संस्थापन पक्षका केन्द्रीय सदस्यद्वय रमेश रिजाल र अजय चौरसीयाको समर्थन रहेको छ। पटेललाइ भने संस्थापन इतर पक्षका काँग्रेस निवर्तमान जिल्ला सभापति अजय द्विवेदी र संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यको समर्थन रहेको छ।

७ पदाधिकारीसहित ६८ सदस्यीय जिल्ला कार्य समितिका लागि क्षेत्री र पटेल दुवै पक्षले छुटटा छुटटै प्यानल बनाएर मङगलबार उम्मेदवारी दर्ता गराएका हुन्।

क्षेत्रीको प्यानलबाट जिल्ला उपसभापतिमा रामनारायणप्रसाद कुर्मी र अशोककुमार गुप्ता, सचिवमा दिनेश चौधरी र इम्तियाज आलमको उम्मेदवारी परेको छ। यस्तै सहसचिवमा क्षेत्रीको प्यानलबाट नविन सिंह र मदनप्रसाद यादवको उम्मेदवारी परेको छ।

पटेलको प्यानलबाट उपसभापतिमा राजु गुप्ता र डाक्टर कृपासिन्धु चौधरीले उम्मेदवारी दिएका छन्। पटेलको प्यानलबाट सचिवमा विश्वराज घिमिरे र वीरेन्द्र यादवको उम्मेदवारी परेको छ। यो प्यानलबाट सहसचिवमा दिलिपराज कार्की र रुक्मान अन्सारीले उम्मेदवारी दिएका छन्

फागुन १९ गते हुने कांग्रेस पर्साको जिल्ला अधिवेशनको चुनावमा १ हजार ८ सय मतदाता रहेको कांग्रेसका जिल्ला निर्वाचन अधिकृत नरेन्द्र केसीले जानकारी दिए। यसअघि गत शनिबार भएको कांग्रेसको वीरगन्ज महानगरको अधिवेशनले नगरसभापतिमा संस्थापन इतर पक्षका मणिन्द्रलाल नेपाली निर्वाचित भएका थिए।

बारामा पनि नेपाली कांग्रेस बाराको नयाँ नेतृत्व चयनका लागि फागुन २१ गते चुनाव हुने भएको छ। बारामा उम्मेदवारी दर्ता भने फागुन १९ गते हुनेछ।

फागुन २१ गते हुने मतदानमा २ हजार ४ सय ८६ जना मतदाताले भाग लिनेछन्। बारा जिल्लाको काँग्रेस सभापतिका लागि कलैया उपमहानगरपालिका नगरप्रमुख राजेशराय यादव, नेता शम्भु बुढाथोकी र रामानन्द यादवले उम्मेदवारी दिने चर्चा छ।

Comment


Related News

Latest News

Trending News