२०७८ फाल्गुन १९, बिहीबार ०६:४७

मिथिला मध्यमा परिक्रमा विहीबारदेखि प्रारम्भ हुने भएको छ । मिथिला बिहारी नगरपालिका स्थित कुट्टीबाट मिथिला बिहारीको डोला विहीबार साँझ जनकपुरधाम हनुमाननगरको हनुमानगढीमा आइपुग्ने जनाइएको छ ।

डोलासहित आएका परिक्रमा यात्रीहरुलाई स्थानीयवासीहरुले स्वागत गर्ने परम्परा रहिआएको छ । मिथिला बिहारीको डोला सहितका यात्रीहरुले विहीबार जनकपुरधाममै विश्राम गर्ने भएपनि औपचारिक रुपमा भने शुक्रबार जनकपुरधाम स्थित सुन्दर सदन अग्निकुण्डबाट किशोरीजीको डोला सहित भारत बिहारको कल्याणेश्वर स्थानमा कल्याणेश्वर महादेवलाई साक्षी राखेर औपचारिक रुपमा परिक्रमा प्रारम्भ हुने परम्परा रहेको सुन्दर सदनका महन्त नवलकिशोर शरणले जानकारी दिए । परिक्रमामा नेपाल र भारतका हजारौं यात्री सहभागी हुने गरेका छन् । नेपाल भारतका हजारौं यात्रीहरुले कल्याणेश्वर स्थानमा एक रात विश्राम गरी १५ दिने परिक्रमा सफलताको लागि संकल्प लिने र त्यहाँबाटअगाडि बढ्ने परम्परा रहिआएको छ । २१ गते भारतकै फुलहर स्थित गिरिजा स्थानमा पुगेर परिक्रमाका यात्रीहरुले विश्राम गर्नेछन,भने २२ गते ऐतिहासिक स्थान महोत्तरीको मटिहानी पुग्ने बताइएको छ ।

त्यसै गरी २३ गते जलेश्वरनाथ महादेव स्थानमा विश्राम गर्नेछ भने २४ गते मडै ,२५ गते ध्रुबकुण्ड पुगेर विश्राम गरिने कार्यक्रम रहेको उनले बताए । २६ गते कञ्चनवन पुगेर त्रेतायुगमा राम र सीताले होली मनाएको लोकमान्यता अनुसार त्यहाँ यात्रीहरुले होली महोत्सव मनाउने गरेका छन् । तत्पश्चात २७ गते धनुषाको पर्वता अर्थात क्षीरेश्वरनाथ महादेव स्थानमा विश्राम गर्नेछन् भने २८ गते धनुषाधाममा धनुषमन्दिरमा पुगेर विश्राम गर्नेछन । त्यसै गरी २९ गते सतोखर,३० गते औरही र चैत १ गते पुनःभारतको बिहार स्थित करुणा स्थानमा विश्राम तथा २ गते बिसौलमा पुगेर विधिवत् रुपमा मध्यमा परिक्रमा समापन हुनेछ ।

तत्पश्चात परिक्रमा ४ गते जनकपुरधाम पुगेर जनकपुरधामको पाँचकोशे अन्तरगृह परिक्रमा गर्ने परम्परा रहिआएको छ । स्वस्फुर्त रुपमा आफ्नै घरबाट भोजन सहित हजारौंको संख्यामा यात्रीहरुले यस परिक्रमामा सहभागिता जनाउने गरेका छन् । यो यात्रा १ सय ३३ किलोमिटरको रहेको बताइन्छ । यता मन्दिरहरुबाट परिक्रमाको लागि तयारी पूरा भए पनि यात्रुहरुको लागि आवश्यक ठाउँ ठाउँमा चाहिने शौचालय तथा खानेपानीको चरम समस्या हुने गरेको छ ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=VzR7rinzOeY&t=2s

Comment


Related News

Latest News

Trending News