चोरी भएको मोटरसाइकल सहित धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार जिल्लाको हंसपुर नगरपालिका–५ का राम बरण सदाको २० वर्षीय छोरा उमेश माझी र नम्वर उप्केको डिस्कभर मोटर साईकल चालक सोही ठाउँका गंगा मण्डलको छोरा २५ वर्षीय छोरा लक्ष्मेश्वर मण्डललाई चोरीको मोटरसाइकल सहिपक्राउ गरेको छ । गत फागुन १६ गते चेक जाँचको क्रममा ज ४ प ६३९६ नम्बरको मोटरसाईकल सवार भएको चालक र अर्को नम्बर प्लेट उप्काएको मोटरसाईकलमा सवार चालकलाई शंकास्पदरुपमा आउँदै गरेकोमा उनीहरुलाई रोकी सोधपुछ गर्दा ज ४ प ६३९६ नं.को मोटरसाइकल बताएकोमा निजहरुसंग सो मोटर साईकलहरुको कागजपत्रहरु माग गर्दा कागजपत्र देखाउन नसकेकोले उक्त मोटरसाइकलहरुबारे अनुसन्धान तथा जाचँबुझ गर्दा ज ४ प ६३९६ नं.को मोटर साईकल जिल्ला धनुषा हंसपुर नगरपालिका–५का शम्भु प्रसाद साहको घर आगनबाट चोरी भएको फेला परेको थियो ।
पक्राउपरेका उमेश माझीले चोरी गरेको र नम्बर प्लेट उप्किएको डिस्कभर मोटर साईकल औरही गाउंपालिका– ६का उतिमलाल सहनीको घर आँगनबाट १५ गते राती लक्ष्मेश्वर मण्डलले चोरी गरी ल्याएको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । चोरी मुद्दामा म्याद थप गरी यिनीहरुमाथि कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।
https://www.youtube.com/watch?v=VzR7rinzOeY


