२०७८ फाल्गुन १९, बिहीबार ०७:१६

भन्सार छली गरी भारतबाट नेपाल ल्याउंदै गरेको करिब ११ लाख बराबरको सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटेको गस्ती टोलीले सोमबार राती जनकपुर उप– महानगरपालिका– ४को सडक खण्डमा भारतबाट मोटरसाइकलमा अवैध रुपमा भन्सार छली गरी ल्याइएको २ लाख ३० हजार ७ सय ५० मूल्यको चिनी, राजनिवास लगायतका किराना सामानहरु वेवारिसे अवस्थामा फेला पारेको जनाइएको छ । त्यसै गरी सोही दिन राती जिप्रका धनुषाबाट खटेको प्रहरी टोलीले गस्ति गर्दै जाने क्रममा जनकपुर उप–महानगरपालिका– ४ विद्यापति चोकबाट १ लाख ३७ हजार २० रुपियाँ मूल्य बराबरको अवैध सामानहरु नियन्त्रणमा लिएको छ । प्रहरीले सुर्ती २५ बोरा, साडी, सटपेन्टको कपडा, सल लगायतका सामानहरु नियन्त्रणमा लिएको हो ।

त्यसै गरी मंगलबार बिहान धनुषा प्रहरीले विदेह नगरपालिका–१को सडक खण्डमा भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याइएको ७ लाख २२ हजार ८ सय मूल्य बराबरको सुर्ती २५ बोरा, साडी, सटपेन्टको कपडा, सल सहितका सामग्रीहरु वेवारिसे अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी जितेन्द्र बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख रहेको छ । नियन्त्रणमा लिइएको सामानहरु आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News