तेस्रो बकुलिया गोल्डपको पहिलो खेलमा हेटौडा फुटबल एकेड्मीले विजयी सुरुवात गरेको छ । सडेन डेथमा नेपाल खेलकुद क्लब चपुरलाई हराउँदै हेटौडा फुटबल एकेड्मीले विजयी सुरुवात गरेको हो ।
ज ी त प ु ु र िस म र ा उपमहानगरपालिका–५ को आयोजनामा भइरहेको खेलमा हेटौडा फुटबल एकेड्मीका जर्सि नं.१४ का खेलाडी साजन जिम्बाले १७ औँ मिनेटमा नेपाल खेलकुद चपुरको विरुद्ध गोल गरेका थिए । खेलको ६५ औँ मिनेटमा नेपाल खेलकुद चपुरकोतर्फबाट जर्सि नं.७ का खेलाडी रोहन लामाले गोल फर्काएका थिए । निर्धारित समय भित्र दुबै पक्षको एक,एक गोल भएपछि खेल टाईब्रेकरमा गएको थियो । टाईब्रेकरमा पनि खेल बराबरीमा टुंगिएपछि खेल सडेन डेथमा प्रवेश गरेको थियो । सडेन डेथमा हेटौडा फुटबल एकेड्मीका जर्सि नं. १२ का खेलाडी सुदिप रेग्मीले निर्णायक गोल गरी आफ्नो टिमलाई विजय गराएका थिए । खेलको म्यान अफ दी म्याच विजय टिमका गोल किपर असमीर गोन्घा घोषित भएका थिए । भोलीको खेल मकवानपुर ११ र पर्सागढी युवा क्लब बढ्नीहार ,पर्सा बीच हुने आयोजनकले जनाएको छ । खेल सुरु हुनुभन्दा अगाडि भएको औपचारिक कार्यक्रमको उद्घाटन नारायणी अञ्चलका प्रमुख प्रशिक्षक कोच रहिसकेका हरि बहादुर श्रेष्ठले उद्घाटन गरेका थिए ।
प्रमुख प्रशिक्षक कोच श्रेष्ठले राज्यले खेलाडीहरुको वृद्धि र विकासको बिषयमा सोच्नुपर्ने आवश्यक्ता औल्याएका थिए । कार्यक्रममा वडा नं.५ का वडा अध्यक्ष मोहित चौधरी र वडा नं.१५ का वडा अध्यक्ष रामप्रसाद लामिछानेको बिशेष उपस्थिति रहेको थियो । फागुन १९ गते देखि सुरु भएको प्रतियोगिता फागुन २८ गते सम्म चल्ने छ । प्रतियोगितामा प्रथम हुनेले एक लाख रुपैयाँ र द्धितीय हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । समिश्रण कृषि सहकारी संस्था लि.बकुलियाको सह आयोजना र बकुलिया गोल्ड कप समिती तथा जनकल्यनणकारी क्लबको सञ्चालनमा खेल भईरहेको छ ।

