२०७८ फाल्गुन २०, शुक्रबार ०७:००

महोत्तरी प्रहरीले अवैध मदिरा भठ्ठीहरु नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय बलबाबाट खटेको प्रहरी टोलीले विहीबार जिल्लाको विभिन्न स्थानमा रहेको चार वटा अवैध मदिरा भठ्ठी नष्ट गरेको छ भने ६ सय ५० लिटर मदिरा बनाउने कच्चा पदार्थ तथा १ सय लिटर तयारी मदिरा नष्ट गरेको जनाएको छ । अवैध रुपमा घरेलु मदिरा उत्पादन गर्ने भट्टी संचालन गरीरहेको भन्ने गोप्य सूचनाको आधारमा छापामारी गरी प्रहरीले घरेलु मदिरा भट्टी फुटाइ स्थानीय जनप्रतिनिधि तथा स्थानीय वासीहरुको रोहबरमा मदिराहरु नष्ट गरेको छ ।

बलवा नपा–३मा बिनोद साहले संचालन गरिरहेको एउटा भट्टी ,एक सय लिटर कच्चा पदार्थ तथा एक सय लिटर तयारी मदिरा नष्ट पारिएको छ भने सोही पालिकाको वार्ड नम्बर ६मा रहेको अरूण चौधरीको अवैध घरेलु भट्टी , दुई सय लिटर कच्चा पदार्थ नष्ट गरिएको जिप्रका महोत्तरीले जनाएको छ । त्यसै गरी महोत्तरी गाउंपालिका–५ स्थित श्याम महतोले संचालन गरिरहेको अवैध घरेलु मदिरा भट्टी , २ सय ५० लिटर कच्चा पदार्थ ,सोही पालिकाको दिलिप साहले संचालन गरिरहेको अवैध घरेलु मदिरा भट्टी ,१ सय लिटर कच्चा पदार्थ नष्ट गरिएको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News