२०७८ फाल्गुन २०, शुक्रबार ०७:०३
मिथिला नाट् यकला परिषदका स्व.कलाकार( वाद्यवाद्यक)शम्भु कर्णको परिवारलाई मिथिला फाउण्डेशनले एक लाख ५ हजार नगद राशि सहयोग गरेको छ ।
विहीबार जनकपुरधाममा आयोजित जनकपुर साहित्य महोत्सवको उद्घाटन सत्रमा मुख्यमन्त्री लालबाबु राउत र फाउण्डेशनका अध्यक्ष मनिष झाले संयुक्त रुपमा स्व.कर्णका श्रीमति सरिता कर्णलाई चेक प्रदान गरेका थिए । कलाकार स्व.कर्णको मिथिला कला क्षेत्रमा दिएको योगदानको कदर गर्दे सम्मान स्वरुप सो राशि प्रदान गरिएको हो । मैथिली साहित्य तथा गीत–संगीत क्षेत्रमा योगदान पु¥याउने एक जनालाई प्रत्येक वर्ष सम्मान गर्ने पूर्व घोषित निर्णय अनुसार यस वर्षको सम्मान कर्णलाई दिइएको छ ।

