२०७८ फाल्गुन २०, शुक्रबार ०७:०५

महोत्तरी जिल्लाको रातो नदीमा आठ वटा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

जिल्लाको निर्वाचन क्षेत्र नं. २ का संघीय सांसद शरत सिंह भण्डारीको पहलमा सो पुलहरु निर्माण भइरहेको छ । करिब दुई अर्ब भन्दा बढीको लगानीमा निर्माण हुँदै आएको सो पुलहरुको विहीबार सांसद भण्डारीले अनुगमन गरेका छन् । उनले रातो नदी महोत्तरी जिल्लाको बीचोबीच बग्ने गरेको कारण पश्चिम तर्फ वसोवास गर्नेहरुलाई वर्षाको समयमा पूर्व तिर आउन जान समस्या पर्ने गरेका कारण पुलहरुको निर्माणमा तादरुकता देखाएको बताए । क्षेत्र नं. २ का जनताहरु पनि पुल निर्माण नै प्राथमिकतामा राख्न भनेको र त्यहि अनुसार पुलहरुको निर्माणमा आपूmले पहल गरेको उनले प्रष्ट पारे । म ध े श प्रदेशको राजधानी जनकपुरधाम संग जोडिन महोत्तरीवासी संगै सर्लाहीका जनताहरु पनि लाभान्वित हुने भएकाले रातो नदीमा पुल निर्माण अति आवश्यक रहेको उनले उल्लेख गरे । अहिले सम्म रातो नदीमा मात्रै दुईवटा पुल वर्दिवास र जलेश्वर स्थित रहेको बताउँदै उनले अब समस्या छिट्टै समाधान हुने समेत उनले बताए ।

रातो नदीको बदिया बन्चौरी, लोहारपट्टी, भगवतीपुर कविलाशा, सिंग्याही, मडै, मेघनाथ गोरहन्ना, हतिसर्वा, र औरही नगरपालिकाको पूmलवरीया २ मा गरी आठ वटा पुल निर्माणको अन्तिम चरणमा रहेको छ । रातो नदीमा प्रत्येक बर्ष आउने गरेको बाढीका कारण महोत्तरी जिल्लाका हजारौं घर परिवार बर्षेनि प्रभावित हुँदै आएको छ भने जनकपुरधाम संग महिनौ सम्पर्कविहीन हुनु परेको थियो । यी पुलहरुकै कारण महोत्तरी जिल्ला विकास निर्माणमा पछाडि पर्दै आएको थियो । सांसद भण्डारीले भने–‘महोत्तरी जिल्ला विकासको बिषयमा पछाडि पर्नुकै मुख्य कारणनै पुल थियो । अब यहाँ विकास निर्माणमा लहर आउने र छिट्टै अन्य विकसित जिल्लाको तुलनामा महोत्तरी जिल्लाको नाम आउने छ ।’ सांसद भण्डारीले यहाँका अधिकांश जनताको भावना अनुसार आपूmले काम गरेको दाबी गर्दै भौतिक पूर्वाधारमा महोत्तरी निर्वाचन क्षेत्र नं. २ सबै भन्दा आगाडि रहने दाबी समेत गरे । महोत्तरी जिल्लामा रातो नदी बर्षेनि सबै भन्दा बढी क्षति गर्दै आएका छन् भने जिल्लाको अधिकांश क्षेत्र नै नदीले घेरिएको छ । ठूला साना गरी महोत्तरी जिल्लामा दर्जनको हाराहारीमा नदीहरु रहेका छन् ।

Comment


Related News

Latest News

Trending News