२०७८ फाल्गुन २०, शुक्रबार १२:४७

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)काे तेस्रो केन्द्रीय कमिटीकाे बैठक फागुन २५ र २६ का लागि तय गरिएकाे छ ।

बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गरी त्यसमाथि छलफल गरिने पार्टी स्राेतले बताएकाे छ । त्यस्तै, बैठकमा भर्खरै संसदबाट पास भएको एमसीसी प्रतिवेदनमाथि पनि छलफल हुने जनाइएकाे छ।

बैठकमा स्थानीय तह निर्वाचनमा पार्टी कसरी प्रस्तुत हुने भन्ने विषयमा अवधारणा समेत बनाइने बताइएकाे छ ।

Comment


Related News

Latest News

Trending News