२०७८ फाल्गुन २०, शुक्रबार १२:५२

आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभाका २० जना सांसद आज (शुक्रबार) बिदा हुँदैछन्।

यसरी बिदा हुनेमा सबैभन्दा धेरै एमालेका ८ सांसद छन्। २०७४ सालमा निर्वाचित भएर गोलाप्रथाबाट चार वर्षे कार्यकालमा परेका २० सांसदको पदावधि आजदेखि सकिन लागेको हाे

आजदेखि बिदा हुने सांसदमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल रहेका छन्। कांग्रेसका दृगनारायण पाण्डे, तारादेवी भट्ट, राधेश्याम अधिकारी पनि आजदेखि राष्ट्रियसभाबाट  बाहिरिँदैछन् । नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा र शशीकला दाहालको पदावधि पनि आजबाट सकिँदैछ।

नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवरको पद पनि आजबाट समाप्त हुँदैछ । मनोनित सांसद रामनारायण बिडारी पनि राष्ट्रियसभाबाट आजै बिदा हुनेछन् । २०७५ असार ४ मा भएको गोलाप्रथा अनुसार आजबाट रिक्त हुने सांसदले चार वर्षे कार्यकालका चिठ्ठा समाएका थिए । जसअनुसार उनीहरूको कार्यकाल ४ वर्ष मात्रै हुन पुगेको हो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उनीहरूलाई बिदाई गर्ने कार्यक्रम तय भएको छ।

https://www.youtube.com/watch?v=VzR7rinzOeY&t=3s

Comment


Related News

Latest News

Trending News