अपडेट 
२०७८ फाल्गुन २०, शुक्रबार १५:५४

नेपालमा थप १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ९१ पिसिआर परिक्षणका क्रममा १ सय ११ जना र १ हजार ८ सय ४२ एन्टीजेन परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ४५ जनाको मृत्यु भएको छ । त्यस्तै थप ३ सय ८५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५८ हजार १ सय ९३ जना निको भएका छन् । हाल नेपालमा ७ हजार २ सय ४२ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News