२०७८ फाल्गुन २०, शुक्रबार १६:४४

सप्तरीकाे रुपनी गाउँपालिका-१ शास्त्रीनगरमा रहेकाे एक गाैसेवा आश्रममा आगलागी भएकाे छ ।

पण्डित रामकुमार शास्त्रीले सञ्चालन गर्दै आएकाे शास्त्री गौसेवा आश्रममा आगलागी हुँदा दश लाख रुपैयाँ बराबरकाे क्षति भएकाे हाे ।

गएराति भएकाे आगलागीबाट एउटा भवनमा पूर्णरुपमा क्षति पुगेकाेे प्रहरीले जनाएकाे छ । आगलागीबाट मानवीय तथा पशु चाैपायामा भने क्षति नपुगेकाे पण्डित शास्त्रीले जानकारी दिए ।

आगलागीकाे घटनाबारे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गाैशालामा झन्डै एक दर्जन गाई पालिएकाे छ ।

Comment


Related News

Latest News

Trending News