अपडेट 
२०७८ फाल्गुन २१, शनिबार ०७:१३

गौर । रौतहटको गौरमा रहेको जुद्ध नमूना विद्यालयमा शुक्रबार अज्ञात युवाहरुको एक समूहले आक्रमण गरी तोडफोड गरेको छ ।

विद्यालय संचालनमा रहेको बेला मुखमा मस्क लागएर आएका समूहले विद्यालय भित्र प्रवेश गरी तोडफोड र आगजन्नी गर्दा विद्यालयमा करिव ५० लाख मूल्य बरावरको क्षति भएको छ । विद्यालयमा कक्षा संचालन भइरहेको बेला आचानक विद्यालय भित्र प्रवेश गरेका सो समुहले मुख्य द्वार बन्द गरी शिक्षकहरुलाई नियन्त्रणमा लिएर विद्यालयको सम्पति जलाएको विद्यालयका सहायक प्रध्यानाध्यापक धिरज कुमार मिश्रले जानकारी दिएका छन् । समूहले प्रहरीको गाडीमा समेत सामान्य क्षति पु¥याएको छ । आन्दोलनको बहाना बनाएर पटक पटक विद्यालयमा आक्रमण गर्दै आएका उक्त समूहले विद्यालयको पुस्तकालयमा आगो लगाएको मिश्रले बताए । आगो लगाउंदा पुस्तकालयमा भएको महत्वपूर्ण कितावहरु जलेर नस्ट भएको छ । समूहले विद्यालयमा सुरक्षित रुपमा राखिएको विद्यार्थी तथा शिक्षक कर्मचारीहरुको ३० वर्ष देखिको पुरानो तथा नयाँ अभिलेख समेत जलाएको ले अब शिक्षक तथा विद्यार्थीको रेकर्ड उपलब्ध गराउन नसकिने भएकोले विद्यार्थीहरुको भविष्य अन्धकारमा फँस्ने सहायक प्रधानाध्यापक मिश्रले सुनाए ।

प्रधानाध्यापक बाहिर भएको बेला विद्यालयमा आक्रमण भएको छ शिक्षिका अनिता श्रीवास्तवले भने ‘अव विद्यालयमा पठन पाठन गराउने अवस्था रहेको छैन । सुरक्षाको चुनौती भएको अवस्थामा दोषी माथि कारवाही र क्षतिपूर्तिको साथै सुरक्षाको पूर्ण प्रत्याभूति नभए सम्म विद्यालयमा आउन नसकिने भन्दै सुरक्षाको व्यवस्था समेत गर्न माग गरे । शिक्षिका श्रीवास्तवका अनुसार विद्यालयमा रहेको सम्पूर्ण कागजात , पुस्तकालयको किताब जल्नुको साथै अपराध नियन्त्रणको लागि जडान गरिएको सिसि टिभी कैमरा , टिभी ,टेबल ,बेञ्च , कुर्सी समेत तोडफोड गरिएको छ । विद्यालयमा आक्रमण गर्ने समूहका ४ जनालाइ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ पर्नेमा नेपाल विधुत प्राधिकरण गौरमा कार्यरत रहेका कर्मचारी रवि मिश्र भन्ने दिनबन्धु मिश्र , आशिष मिश्र सहित एक जना भारतीय नागरिक रहेको हो । घटनामा संलग्न भएकालाई कानून बमोजिम कारवाही गरिने प्रहरी उपरीक्षक विनोद घिमिरेले बताएका छन् । उनले सुरक्षाको लागि गएका सुरक्षाकर्मीहरु माथि ढुंगामुढा समेत गरिएको बताए ।

यसैबीच विद्यालयका शिक्षकहरुले सोही घटनाको विरोध गर्दै अनिश्चितकालिन विद्यालय बन्दको घोषणा गरेका छन् ।

https://www.youtube.com/watch?v=VzR7rinzOeY

Comment


Related News

Latest News

Trending News