२०७८ फाल्गुन २१, शनिबार ०७:१९

राजविराज । किसान र निर्वाचन संग सम्बन्धित माग लिएर प्रर्दशनमा उत्रेका जनमत पार्टीका कार्यकर्ताहरुले जिल्ला निर्वाचन कार्यालय सप्तरी अगाडि धर्ना प्रदर्शन गरेका छन् । किसानको माग पुरा गर्नूृ पर्ने, निर्वाचन आयोगमा दर्ता रहेका दलहरुले पाइसकेका चुनाव चिन्हकै आधारमा स्थानीय तहको निर्वाचनमा पनि सहभागिता जनाउन पाउनु पर्ने, निर्वाचनमा कुनै दल विषेशको प्रभावमा नपरी स्वतन्त्र, निष्पक्ष र मर्यादित ढंगले काम गर्ने कर्मचारीलाई खटाउनु पर्ने लगायतका माग अघि सार्दै शुक्रबार नगर क्षेत्रको परिक्रमा पछि जिल्ला निर्वाचन कार्यालय अगाडि जनमतका कार्यकर्ताहरुले दुई घण्टा धर्ना प्रदर्शन गरेका छन् ।

कार्यालयमा छिर्न खोजेका प्रदर्शनकारी तथा प्रहरी बीच केही बेर घम्साघम्सी समेत भएको थियो । घम्साघम्सीकै क्रममा प्रहरी जवान विनोद यादवको दाँत भाँचिएको छ । प्रहरी जवान यादवले भने प्रर्दशनकारीले गरेको ढुंगा मुढाका क्रममा आफ्नो दाँत भाँचेको बताए । जनमत पार्टीले भने प्रहरीले बल प्रयोग गर्दा आफ्नो पाँच जना कार्यकर्ता घाइते भएको जनाएको छ । सचिव थानेश्वर साहका अनुसार प्रहरीले बल प्रयोग गर्दा संजय यादव, राजेश यादव, साधन दास, कल्पना यादव र प्रभु यादव लगायतका आफ्ना कार्यकर्ता घाइते भएका छन् ।

https://www.youtube.com/watch?v=VzR7rinzOeY

Comment


Related News

Latest News

Trending News