अपडेट 
२०७८ फाल्गुन २१, शनिबार १५:३०

रुसले युक्रेनका दुई शहरमा अस्थायी युद्धविरामको घोषणा गरेको छ ।

युक्रेनका मारियपोल र भोल्नोभाखामा रुसले अस्थायी युद्धविरामको घोषणा गरेको हो । मस्कोको स्थानीय समयअनुसार बिहान १० बजे युद्धविराम घोषणा गरिएको रुसी रक्षा मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यी दुई शहरमा अहिले सशस्त्र आक्रमण रोकिएको जनाइएको छ ।

रुसी सरकारी सञ्चारमाध्याम स्पुतनिकका अनुसार युद्धविरामका बेला सर्वसाधारणहरुको सहयोगका लागि उनीहरुलाई मार्ग खोलिनेछ । ग्रीनवीच समयअनुसार बिहान ७ बजे मारियोपोल र भोल्नोभाखामा सर्वसाधारणका लागि मार्ग खोलिदिने बताइएको छ । रुसको यो कदमपछि ती दुई शहरका सर्वसाधारणहरुलाई शहर छाडेर अन्यत्र जानका लागि सहज हुने बताइएको छ ।

रुसले केही दिनदेखि युक्रेनविरुद्धको आक्रमणलाई तिव्र बनाउँदै लगेको छ । रुसको आक्रणमणको विश्वभर आलोचना हुँदै आएको छ ।

Comment


Related News

Latest News

Trending News