गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयतालाई संस्थागत गर्न पोखरा काठमाण्डु हवाइ यातायातले ठूलो योगदान पु¥याउने बताएका छन् ।
बुद्ध एयरले संचालन गरेको पोखरा जनकपुर विमानबाट शनिबार जनकपुरधाम आइपुगेका मुख्यमन्त्री पोखरेलले भने,‘संघीयतालाई संस्थागत तथा बलियो पार्ने सन्दर्भमा प्रदेश –प्रदेश सरकारको सम्बन्ध पनि सुदृढ होस भन्ने मान्यता अन्र्तगत मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणा स्वीकार गरी यहाँ आएका छौं।’ उनले ऐतिहासिक धार्मिक नगरी जनकपुरधाम पोखराबाट जनकपुरधामको ४५/५० मिनेटको विमानबाट आउने बेलाको अनुभूतिलाई शब्दमा बयान गर्न नसकिने भन्दै भावनाले बुझ्नु पर्ने उल्लेख गरे । १८ सदस्यीय टोली संगै मधेश प्रदेशको तीन दिने भ्रमणको क्रममा रहेका मुख्यम न्त्री पोखरेलले जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुसंगको कुराकानीमा भने,‘ जनकपुरधाम पोखरा हवाइ यातायात संचालन हुनुले दुई प्रदेशबीचको सम्बन्धलाई प्रगाढ बनाउने छ र आज म लगायतको टोलीलाई यहाँ जुन किसिमले सम्मान गरियो त्यसको लागि हामी सधैं अनुगृहीत रहनेछौं।’ जनकपुर–पोखरा हवाई सेवाको शुभारम्भलाई मुख्यमन्त्री पोखरेलले ऐतिहासिक दिन रहेको बताउंदै पर्यटकीय नगरी पोखरा आउने पर्यटकहरु जनकपुरधाम सम्म पुग्ने र जनकपुरधाम आउने पर्यटकलाई पोखरा सम्म पुग्न सजिलो भएपछि पर्यटन व्यवसायले फड्को मार्ने विश्वास व्यक्त गरे ।
गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन रहेको भन्दै उनले भने, ‘मधेश प्रदेशको पनि अन्य क्षेत्र होला तर धार्मिक पर्यटकीय प्रवद्र्धनकालागि प्रशस्त सम्भावना रहेको छ । हामी चाहन्छौँ यसलाई बढाएर अन्तर्र ाष्ट्रिय स्तरमा जोड्न सकियो भने पर्यटनको दृष्टिकोणले धेरै महत्वपूर्ण हुन्छ ।’ सो क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सहितको टोलीलाई स्वागत गर्न पुगेका मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतोले प्लेनको कनेक्टिभिटी बढेकोले यो ऐतिहासिक दिन रहेको उल्लेख गरे । उनले मधेश प्रदेशको संभावना बोकेको धार्मिक तथा सांस्कृतिक क्षेत्रहरुमा मुख्यमन्त्री पोखरेललाई अवलोकन भ्रमण गराउने जानकारी दिए । यसले गण्डकी प्रदेश र मधेश प्रदेशको अत्मीय सम्बन्ध समेत बढाउने र संघीयतालाई संस्थागत गर्न तथा बलियो पार्न समेत यसले उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास समेत उनले व्यक्त गरे । यसै बीच मधेश प्रदेशका मुख्यमन्त्री लाल बाबु राउतले एक कार्यक्रमको आयोजना गरी मुख्यमन्त्री पोखरेल सहितका टोलाीलाई स्वागत गरेका छन् । त्यसै गरी मुख्यमन्त्री पोखरेल सहितका टोलीले धनुषाधाममा आयोजित एक कार्यक्रमबीच वृक्षरोपण पनि गरेका छन् । धनुषाधाम स्थित संरक्षित वनमा वृक्षरोपण गरिएको हो ।
भने त्यहाँ स्थित धनुषमन्दिरको दर्शन समेत उनले गरेका थिए । सो क्रममा उनले मधेश प्रदेशमा पनि पोखरा झैं अनेकौं ऐतिहासिक तथा पौराणिक महत्वका स्थलहरु रहेकोले दुबै प्रदेशमा आउने पर्यटकहरुलाई दुबै प्रदेशमा भित्रियाउने सकिए देशकै विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे । यसअघि मुख्यमन्त्री पोखरेल सहितका टोलीले अभ्यासको क्रममा रहेको कुर्था जयनगर रेल्वेमा रेल यात्रा समेत गरेका थिए ।

