२०७८ फाल्गुन २२, आईतवार ०६:५५

नागरिकता माग गर्दै नागरिकता विहीनहरुले शनिबार विरोध प्रदर्शन गरेका छन् ।

नागरिकताविहीन संघर्ष समिति नेपालको आयोजनामा नागरिकताविहीन समूहले धनुषाको ढल्केवरमा प्रदर्शन गरेका हुन्। जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको आधारमा नागरिकता दिनुपर्ने माग गर्दै उनीहरुले सात दिने आन्दोलन सुरु गरेका छन् । शनिबार आन्दोलनको पहिलो दिन नागरिकता विहीन संर्घष समिति नेपालका केन्द्रीय संयोजक इन्द्रजीत साफीको नेतृत्वमा नागरिकता माग्दै सडकमा ¥याली निकालेर प्रदर्शन गरिएको छ । उनीहरुले ढल्केवर स्थित पूर्वपश्चिम लोकमार्गमा धर्ना दिँदै केहीबेर राजमार्ग पूर्णरुपले अवरुद्ध पारेका थिए । प्रदर्शनमा सहभागीहरुले संविधानको धारा लागू गर, संघीय संसद मूर्दावाद, संघीय व्यवस्था खारेज गर– होइन भने नागरिकता विधेयक पारित गर, गैर नागरिक बनाउन पाइँदैन, पहिचान खोस्न पाइँदैन, जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको आधारमा नागरिकता दे लगायतका नाराहरु उल्लेखित प्लेकार्ड बोकेर सरकार विरुद्ध चर्को नाराबाजी गरेका थिए।

ज न् म िस द्ध नागरिकका सन्तानलाई बंशजको आधारमा नागरिकता दिनुपर्ने र आमाको नामबाट समेत नागरिकता दिनुपर्ने मागसहित दवावमूलक सात दिने आन्दोलनको कार्यक्रम सुरु गरिएको संघर्ष समितिका मिथिला नगरपालिकाका नगर अध्यक्ष कर्मवीर महतोले बताए । नागरिकताको माग गर्दै पटक–पटक तीनै तहको सरकारलाई ज्ञापन पत्र बुझाए पनि कुनै सुनवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनको भनाइ छ। संयोजक इन्द्रजीत साफीले संविधान जारी भएको पाँच वर्ष बितिसक्दा पनि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका हजारौं– लाखौं नेपालीका सन्तानहरु अझै पनि नागरिकताविहीन रहेको उल्लेख गरे ।

Comment


Related News

Latest News

Trending News