२०७८ फाल्गुन २२, आईतवार ०७:०१

रौतहटमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना गंभीर घाइते भएका छन् ।

जिल्लाको विरनगरा माधोपुर सडक खण्डको धोबिनिया स्थित शीतलीमाई मन्दिर नजिक शुक्रबार अबेर राती भारतीय नम्बरको स्कारपियोको ठक्करबाट साइकलमा सवार माधोपुरका ३७ वर्षीय सुरेन्द्र पण्डितको मृत्यु भएको छ । दुर्घटनामा माधोपुर कै सुरेन्द्र साह कानू गंभीर घाइते भएका छन् । सर्लाहीको खैरवाबाट रौतहटको गरुडा जाँदै गरेको डब्लु बी ४० जेड ३८२० नम्बरको भारतीय स्कारपियो गरुडाबाट माधोपुर तर्फ आउँदै गरेको साइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।साइकललाई ठक्कर दिएपछि सो स्कारपियो पनि खेतमा पल्टेर दुर्घटनाग्रस्त भएको थियो ।

खेतमा पल्टेको स्कारपियोले च्यापिएर साइकल चालक सुरेन्द्र पण्डित र पछाडि सवार ्र साह गंभीर घाइते भएका छन् । गंभीर घाइते भएका दुबै जनालाई उपचारको लागि गरुडा स्थित ग्राण्डी अस्पतालमा लगिएको थियो तर अस्पतालमा लगिएको केही बेरमै उपचारको क्रममा घाइते पण्डितको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । दुर्घटनामा गंभीर घाइते भएका ग्राण्डी अस्पताल गरुडामै उपचार भइरहेको र ठक्कर दिने सवारी इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको जनाइएको छ । साइकललाई ठक्कर दिने स्कारपियो प्रहरीको नियन्त्रणमा रहे पनि चालक फरार भएकोले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने स्कारपियो सर्लाहीको खैरवा बहुअर्वाका विगु राय यादवको रहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News