२०७८ फाल्गुन २२, आईतवार ०९:३२
प्रतिनिधिसभाको बैठक आज आइतबार दिउँसो बस्दैछ ।
दिउँसो १ बजे बस्ने बैठकका सम्भावित कार्यसूची सार्वजनिक भएको छ । कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेश गर्नुहुने उल्लेख छ ।
संसद बैठक अघि सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।
प्रमुख प्रतिपक्ष एमालेले गत २३ भदौदेखि लगातार संसद् अवरोध गर्दै आएको छ ।

