२०७८ फाल्गुन २२, आईतवार १३:१३

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

आइतबार दिउँसो २ बजेका लागि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने भनिएको केन्द्रीय समिति बैठक अन्ततः स्थगित गरिएको हो । बैठकको तयारी नपुगेकोले बैठक स्थगित गरिएको बताइएको छ । नेताहरुबीच पदाधिकारी चयनका विषयमा मतभेद कायम रहेपछि बैठक स्थगित भएको बताइएको छ ।

शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा नेता श्रेष्ठले एमसीसी पास गराउन पार्टीले गरेको सहयोगको आलोचना गर्नुभएको थियो । तर अध्यक्ष दाहालले भने त्यसको बचाउ गर्नुभएको थियो ।

आइतवारको बैठकमा सांगठनिक विषयमा छलफल हुने कार्यसूची रहेको थियो । जसमा केन्द्रीय कमिटीको पूर्णता दिने, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्ने रहेको छ ।

Comment


Related News

Latest News

Trending News