२०७८ फाल्गुन २२, आईतवार १३:२२
तनहुँको सदरमुकाम दमौलीस्थित हार्डवयर पसलको गोदाममा लागेको भीषण आगो अझै नियन्त्रणमा आएको छैन ।
व्यास नगरपालिका–४ स्थित मुख्यचोक भूपाल हार्डवयरको गोदाममा आइतबार बिहान १० बजेदेखि आगलागी सुरु भएको थियो । प्रहरी र स्थगानीयको प्रयासमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि नियन्त्रणमा लिन सकिएको छैन् । आगो फैलिन थालेपछि गृह मन्त्रालयले आगो निभाउनका लागि सिम्रिक एयरसँग सहयोग मागेको छ । स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको हो । सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौली प्रस्थान गरेको छ ।
आगलागीको कारणबारे खुल्न नसकेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।


