जनकपुरधाम, फागुन २२ । मधेश प्रदेश सरकारले स्थानीय तहका कर्मचारीहरुलाई सबल र सक्षम बनाउन ३५ दिने सेवाकालिन तालिम शुरु गरेको छ । प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रले स्थानीय तहका चौथो र पाँचौ तहका कर्मचारीहरुको लागी ३५ दिने सेवाकालिन तालिम जनकपुरमा शुरु गरेको हो ।
साठी जना कर्मचारीहरु सहभागी रहेको उक्त तालिमको शुभारम्भ मुख्यमन्त्री लालबाबु राउतले गर्नु भएको हो । केन्द्रका कार्यकारी निर्देशक सतार अन्सारीको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री राउतले स्थानीय तहका सुशासन कायम गर्दै विकास निर्माणको कार्यलाई गतिशिल बनाउनुका साथै कर्मचारीहरुको वृति विकासको लागी समेत तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले स्थायी सरकारको रुपमा रहेको कर्मचारीहरु जनताको सेवकको रुपमा प्रस्तुत हुन आग्रह समेत गर्नु भयो । सेवाग्राहीहरु संग कर्मचारीले गर्ने व्यवहार बाटै सर्वसाधारण राज्यको अनुभूतिगर्ने उल्लेखगर्नु हुँदै मुख्यमन्त्री राउतले संयमतापूर्ण व्यवहार गर्न आग्रह समेत गर्नु भयो ।
Please subscribe our official youtube channel and support us
https://youtu.be/tWGZ5Tgq468

