अपडेट 
२०७८ फाल्गुन २२, आईतवार १६:३९

नेपालमा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ३ हजार १ सय ३५ पिसिआर परिक्षणका क्रममा ५४ जना र १ हजार ७ सय ९४ एन्टीजेन परिक्षणका क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ । त्यस्तै थप ५ सय ३८ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ६ हजार ४ सय ६१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News