२०७८ फाल्गुन २२, आईतवार १८:३६

कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले किसानको जिवनमा सुधार नभएसम्म देशको अर्थतन्त्रको सुधार हुन नसक्ने बताउनुभएको छ ।

युर्टन इन्टरनेशन प्रालिको दाश्रो स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री यादवले ६५ प्रतिशत किसानहरुलाई अझैपनि जिविकोपार्जनका लािग समस्या भएको भन्दै किसानको जिवनमा सुधार नभएसम्म देशको अर्थतन्त्रको सुधार हुन नसक्ने बताउनुभएको हो ।

उहाले कृषिमा दुई दशमलव ७ प्रतिशत मात्रै बजेट छट्टाइएको भन्दै यसले कृषि क्षेत्रको बिकास गर्न कठिन भएको धारणा राख्नुभयो । किसानलाई आत्मनिर्भर बनाउनका लागि यस क्षेत्रको बजेट बढाउनुपर्ने उहाको भनाई छ । त्यस्तै उहाले देशको आवश्यकतालाई धान्न खण्डीकृत कृषि नभई सामूहिक कृषि गर्नुपर्नेमा जोड दिदै यसका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा राष्ट्रिय आविश्कार केन्द्रलाई रु ५० हजार प्रदान गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News