२०७८ फाल्गुन २३, सोमबार ०६:४९

सरकारले रौतहट जिल्लाको माधवनारायण, गरुडा, देवाही गोनाही, परोहा नगरपालिका र दुर्गाभगवती गाउंपालिकामा १५ शैय्याको अस्पताल निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

केही महिना अघि मात्रै सरकारले रौतहटको ५ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने योजना ल्याएको थियो । सरकारले ५ वटा पालिकामा अस्पताल निर्माण गर्ने लक्ष्यका साथ प्रक्रिया अगाडि बढाए पनि माधवनारायण नगरपालिका बाहेक अहिले सम्म कुनै पनि स्थानीय तहले निर्माण कार्य सुरु गर्न सकेको छैन । जिल्लाको माधवनारायण नगरपालिकामा मात्र सो अस्पतालको जग हाल्ने काम सकिएको छ । अन्य स्थानीय तहमा शिलान्यास भए पनि साेंचे अनुसार निर्माण कार्य अगाडि बढ्न सकेको छैन् । जिल्लाको ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्य सहित आधारभूत अस्पतालको शिलान्यास गरेको करिब डेढ वर्ष बितिसक्दा समेत अस्पतालको काम अगाडि बढन सकेको छैन । देवाही गोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र चन्द्रबंशीले अस्पताल निर्माणको ठेक्का लागेको र ठेकेदारले सामान झारिसकेकाले काम चाँडै सुरु हुने बताए ।

ती मध्ये केही स्थानीय तह अझै अस्पातलको लागि जग्गाकै खोजीमा रहेको दुर्गा भगवती गाउंपालिकाका स्थानीय वासिन्दाहरुको भनाइ छ । जिल्लाको सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी लगायतमा दरबन्दीअनुसार स्वास्थ्यकर्मी र पर्याप्त उपकरण नहँुदा स्तरीय सेवा पु¥याउन नसकिरहेका बेला नयाँ संरचनाको शिलान्यास गरिए पनि सोंचे अनुसार भौतिक प्रगति नहुँदा रौतहटका सर्वसाधारण स्वास्थ्य सेवाबाट बञ्चित हुँदै आएका छन् । स्थानीयतहमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुच सुनिश्चित गर्न आधारभूत अस्पताल निर्माण गरिन लागेको माधव नारायण नगरपालिकाका नगर प्रमुख विरेन्द्र प्रसाद यादवले बताए । उनका अनुसार १५ शैयाको आधारभूत अस्पताल निर्माणका लागी प्रक्रिया पुरा भएर भौतिक संरचना निर्माण कार्य अगाडी बढेको छ । संघीय सरकारको सहयोगमा स्थानीय तहले नै अस्पताल निर्माण तथा सञ्चालन गर्नेछन । आवश्यक जनशक्तिको मापदण्ड पनि तयार भइसकेको छ । ५ शैयाको अस्पतालमा एकजना मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शैयाको अस्पतालमा दुईजना मेडिकल अफिसरसहित १७ जना र १५ शैय्याको अस्पतालमा तीनजना मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मी खटिने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News