तेस्रो बकुलिया गोल्डकपको चांैथो खेलमा नमूना जनउत्थान क्लब सिन्धुली विजयी भएको छ ।
बागमती युवा क्लब ,सर्लाहीलाई १–० गोल अन्तरले हराएको हो ।विजयी टिमका जर्सि नं.९ का खेलाडी अलिस तमाङ्गले खेल सुरु भएको ४७ औँ मिनेटमा १ गोल गरेका थिए । खेलको सुरु देखि नै बागमती युवा क्लब ,सर्लाहीलाई नमूना जनउत्थान क्लब सिन्धुलीले दवावमा राखेको थियो । बागमती युवा क्लब ,सर्लाहीको तर्फबाट कसैले गोल गर्न सकेनन् । खेलको म्यान अफ दि म्याच विजय टिम नमूना जनउत्थान क्लबबाट एक गोल गरेका अलिस तमाङ्ग घोषित भएका थिए । फागुन १९ गते देखि सुरु भएको प्रतियोगिता फागुन २८ गते सम्म चल्ने खेलमा विजेताले नगद १ लाख र उप विजेताले ५० हजार रुपैया प्राप्त गर्नेछन् । भोलीको खेल हेटौँडा फुटबल एकेड्मी र बकुलिया ११ बकुलिया भवानीपुर बीच खेल हुनेछ ।

