पर्साबाट ५ किलो अवैध गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
भारत बिहारको पश्चिम चम्पारण सोनखर पञ्चायत– १३ रामनगरका २९ वर्षीय संदिप पटेल र २५ वर्षीय प्रेम पटेललाई शसस्त्र प्रहरीले गाँजा सहित पक्राउ गरेको छ । शनिबार अबेर राती पर्साको ठोरी गाउंपालिका–३ सिकारीबास स्थित नेपाल भारत सीमा क्षेत्रबाट दुबैजनालाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । बी.आर. ०६ यू.५८७३ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा भारत तर्फ लैजाँदै गरेको अवस्थामा पाँच किलो गाँजासहित दुबै जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख (डिआइजी) गणेश ठाडा मगरले जानकारी दिए । प्रहरीका अनुसार दुबैजनाको साथबाट ४ हजार ५ सय भारतीय रुपैयाँ समेत बरामद भएको छ । आवश्यक कारवाहीका लागि दुैबैजनालाई इलाका प्रहरी कार्यालय ठोरीलाई जिम्मा लगाइएको छ ।

