२०७८ फाल्गुन २३, सोमबार ०७:०८
जनकपुर अञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघ जनकपुरको अध्यक्षमा किशुनदेव साह सर्वसम्मतिले चयन भएका छन् ।
सिन्धुलीको भिमानमा सम्पन्न अधिवेशनवाट अध्यक्ष साहको नेतृत्वमा प्रथम उपाध्यक्षद्वयमा बजरंगप्रसाद साह र ललित साह, उपाध्यक्षद्वयमा रामकिशोर सिँह र दिगम्वर चौधरी, महासचिवमा रामरोशन साह, उप–महासचिवमा रामकुमार साह, सचिवमा श्रवणकुमार साह र कोषाध्यक्षमा रमेशकुमार साहलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा चन्द्रदेव साह, राजु मोरवैता र राकेशकुमार चौधरीलाई चयन गरिएको छ । संघको वरिष्ठ सल्लाहकारहरुमा गणेशबहादुर सिलवाल, रघुनाथप्रसाद साह र मनोजकुमार चौधरीलाई चयन गरिएको छ ।
please subscribe our official youtube channel and support us
https://www.youtube.com/watch?v=tWGZ5Tgq468

