२०७८ फाल्गुन २३, सोमबार ०७:११

लोकतान्त्रिक समाजवादी पार्टी नगराइन नगरपालिका कमिटीले धनुषाको जटहीमा शहीद दुर्गानन्द झाको नाममा निर्माणाधीन बाल अस्पतालको काम सुचारु गर्न मधेश प्रदेश सरकारसंग माग गरेको छ ।

आइतबार लोसपाको नगराइन नगरपालिकाका अध्यक्ष नवलकिशोर झा नेतृत्वको टोलीले बाल अस्पताल निर्माणको कार्य अविलम्ब अगाडि बढाउन प्रदेशका मुख्यमन्त्री लालबाबु राउत समक्ष ज्ञापन ज्ञापन पत्र बुझाएको छ । गत आर्थिक वर्षमा शहीद दुर्गानन्द झा स्मृति अस्पतालको निर्माण कार्यको ६० प्रतिशत काम गरिए पनि अहिले कामै ठप्प भएकाले ज्ञापनपत्र मार्फत सोको निर्माण कार्यलाई तीव्रता दिन ध्यानाकर्षण गराएको हो । सामाजिक विकास मन्त्रालयले अस्पातलको आकस्मिक कक्ष तथा ल्याव ब्लक निर्माणका लागि १ करोड ७० लाख १६ हजार ७ सय ४६ रुपैयाँको अनुमानित लागत सहित बोलपत्र समेत आह्वान गरेको थियो ।

सोही बोलपत्रको आधारमा लागेको ठेक्का मार्फत ६० प्रतिशत काम सम्पन्न भइसकेको ज्ञापन पत्रमा उल्लेख छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा अस्पताललाई ५० शैय्याको बाल अस्पतालको रुपमा विकास गर्ने उल्लेख भए पनि सो अनुसार बोलपत्र आह्वानको प्रक्रिया सम्म हुन नसकेकोमा स्थानीयवासीमा आक्रोश रहेको लोसपाका युवा नेता राजु चौधरीले बताए । यता ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राउतले अस्पताल निर्माण कार्य पूरा गर्ने अभिभारा प्रदेश सरकारको रहेको र यसमा प्रदेश सरकार चुकेको स्वीकार गर्दै अस्पतालको निर्माण कार्य चाँडै नै सुरु गरिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Comment

Related News

Latest News

Trending News