जनकपुरधाम ।नेपाली कांग्रेस मधेश प्रदेशको तीन जिल्लामा सोमवार मतदान हुने भएको छ ।तीन जिल्लामा भने अझै चुनाव अनिश्चित नै छ ।
दुई जिल्लामा निर्वाचनको नतिजा सार्वजनिक भइसकेको छ । प्रदेशको राजधानी रहेको धनुषा जिल्लामा सोमवार मतदान हुने भएको छ ।जिल्ला सभापतिका लागि त्रिपक्षीय भीडन्त भइरहेको धनुषामा ९१ स्थानका लागि २ सय ४० जनाले उम्मेदवारी दिएका छन् । संस्थापन पक्षबाट सभापतिमा सन्तोष यादव, विमलेन्द्र निधि समूहबाट योगेन्द्र पञ्जियार र डा.शेखर कोइराला समूहबाट दिनेश प्रसैला यादव उम्मेदवार छन् ।तीनै जनाले जितको दाबी गरेका छन् ।त्यसकारण पहिलो चरणमा सभापतिको नतिजा आउने संभावना कमजोर देखिएको छ । त्यसैगरी सर्लाही जिल्लाको सभापतिका लागि सोझो प्रतिस्पर्धा भइरहेको छ ।जिल्ला सभापतिमा संस्थापन पक्षबाट सुरेन्द्र सिंह र संस्थापन इतर पक्षबाट लक्ष्मण राय यादव उम्मेदवार रहेका छन् ।सोझो प्रतिस्पर्धा रहेकाले पहिलो चरणमै नतिजा आउने संभावना छ ।
रौतहट जिल्लामा पनि सोमवार नै मतदान हुनेछ ।सभापतिका लागि संस्थापन पक्षबाट सुनिल कुमार यादव ‘जितेन्द्र’ र संस्थापन इतर पक्षबाट ह्दयनारायण यादव रहेका छन् ।सोझो प्रतिस्पर्धा हुने भएकाले नतिजाका लागि दोस्रो चरण सम्म जानु पर्ने छैन् । बारा, सिरहा र सप्तरी जिल्लामा भने चुनाव अनिश्चित बनेको छ ।जिल्लामा चुनाव गराउन नेताहरुबीच सहमति कायम हुन नसकेकाले तीन जिल्लाको चुनाव अझै अन्योलमा छ । तर पर्सा जिल्लामा संस्थापन पक्षबाट जनार्दन सिंह क्षेत्री र महोत्तरी जिल्लामा संस्थापन इतर पक्षको सहयोगमा संस्थापन पक्षकै नागेश्वर यादव सर्वसम्मतिबाट सभापति चुनिएका छन् ।
Please subscribe our official youtube channel and support us
https://youtu.be/tWGZ5Tgq468

