२०७८ फाल्गुन २३, सोमबार १३:४५

नेपाली कांग्रेस धनुषाको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ ।

निर्वाचन समितिले प्रकाशन गरेको नामावलीअनुसार सभापतिमा ३, दुई उपसभापतिका लागि ६, दुई सचिवका लागि ९ र दुई जना सहसचिवका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।

सभापतिमा योगेन्द्र पजियार, दिनेश प्रसैला र संतोष यादवले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

यसैगरी उपसभापतिका लागि गणेश प्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा ९धानुक०, सुरेन्द्र प्रसाद चौधरी ९मुन्ना०, गणेश झा र लक्ष्मीनारायण यादवले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी सचिव पदमा नरेश यादव, श्यामचन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर ९शर्मा०, धीरेन्द्र मोहन झा, शिवशंकर कुमार गोइत, दिपेन्द्र कुमार भडखेर र कन्हैयाकुमार कर्णले उम्मेदवारी दिएका छन् ।

यसैगरी सहसचिवमा धर्मनाथ यादव, सुरेश कोइराला, महेश कुमार बस्नेत, इन्द्रकुमार महतो, विजयकुमार यादव र मो। साकिर राइनलगायतले उम्मेदवारी दिएका छन् ।

धनुषामा ९१ पदका लागि २४० उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेस धनुषामा ३ हजार १९७ मतदाता रहेका छन् ।

https://www.youtube.com/watch?v=tWGZ5Tgq468&t=2s

Comment


Related News

Latest News

Trending News