२०७८ फाल्गुन २४, मंगलवार ०६:४७

मधेश प्रदेशमा नेपाली कांग्रेसको चुनाव तीनवटा जिल्लामा सम्पन्न भएको छ ।धनुषा, रौतहट र सिरहामा सोमवार मतदान सम्पन्न भएको छ ।

सर्लाही जिल्लामा मतदानको प्रक्रियामा विवाद भएपछि मतदानका लागि लामबद्ध भएका प्रतिनिधिहरु निराश भएर फर्केका थिए । सप्तरी जिल्लामा मंगलवार र बारा जिल्लामा अब बुधवार मतदान हुने सहमति भएको छ । गौरबाट टुडे सहकर्मी राकेश यादवले जनाए अनुसार बिहान १० बजे सुरु भएको मतदान साँझ ६ बजे सम्पन्न भएको छ । सभापति सहित कूल ९१ पदका लागि भएको मतदानमा २ हजार ५ सय १८ जनाले भाग लिए ।कूल २ हजार ५ सय ९१ जना मतदाता रहेका थिए ।राती नै मतगणना सुरु हुने निर्वाचन अधिकृत दिपकराज रेग्मीले बताए । रौतहटमा सभापतिका लागि दुई जना उम्मेदवारबीच सोझो प्रतिस्पर्धा भएकाले अर्को पटक मतदान गर्ने अवस्था आउने संभावना न्यून रहेको बताइएको छ । संस्थापन पक्षबाट सभापतिमा सुनिल कुमार यादव ‘जितेन्द्र’ र संस्थापन इतरपक्षबाट ह्दयनारायण यादव रहेका छन् ।दुबै पक्षले सबै पदमा उम्मेदवार उठाएका छन् । लहानबाट टुडे सहयोगी दिनेश साहले जनाए अनुसार सिरहा जिल्लामा आइतवार अबेर सम्म स्थानको विवाद जारी रहे पनि ढिलो गरी सहमति भएपछि सोमवार गोलबजारमा मतदान भएको छ ।सिरहामा सभापतिका लागि संस्थापन पक्षबाट उम्मेदवार रहेका वर्तमान सभापति रामचन्द्र यादवले मतदानमा धाँधली गरेको आरोप संस्थापन इतर पक्षबाट सभापतिका उम्मेदवार रामसुन्दर चौधरीले लगाएका छन् । यादवको चाहना अनुसार गोलबजारमा मतदान गराइएको र त्यसमा ब्यापक धाँधली गरिएको आरोप चौधरी पक्षको छ ।बिहानदेखि मतदान सुरु भै राती ८ बजे मतदान सम्पन्न भएको बताइएको छ ।

सभापतिमा यादव र चौधरीबीच सोझो प्रतिस्पर्धा रहेकाले दोस्रो चरणमा मतदान गर्नुपर्ने अवस्था रहेको छैन् ।स्रोतहरुका अनुसार संस्थापन पक्षका उम्मेदवार यादवको पुरै प्यानल विजयी हुनेछ ।कूल २हजार ६ सय ६२ मतदाता मध्ये २ हजार ३ सय मत खसेको बताइएको छ ।निर्वाचन समितिले राती नै मतगणना प्रारम्भ गर्ने जनाएको छ । यसैबीच दुवै पक्ष बीच झडप भई लाठी चार्ज समेत प्रहार गरिएको र चौधरी पक्षले अन्तिम चरणको मतदान नै बहिष्कार गरेको बुझिएको छ । त्यसैगरी धनुषा जिल्लामा राती पौने ९ बजे सम्म मतदान भएको थियो ।३ हजार २ सय मतदाता रहेको धनुषा जिल्लामा २ हजार ९ सय १२ जनाले मतदान गरेका थिए । सभापति पदमा ३ जना उम्मेदवार रहेका छन् ।अन्य जिल्लाहरुमा २ समूह मात्र देखिए पनि धनुषामा ३ समूहबाट उम्मेदवारी परेकाले चुनावमा त्रिकोणात्मक प्रतिस्पर्धा भएको छ ।सभापतिमा संस्थापन पक्षबाट सन्तोष यादव, विमलेन्द्र निधि समूहबाट योगेन्द्र पञ्जियार र डा.शेखर कोइराला समूहबाट दिनेश प्रसैला यादव उम्मेदवार रहेका छन् । निर्वाचन समितिले जनाए अनुसार सभापतिको मतगणना रातीमै सम्पन्न गरिनेछ ।तीनै जना उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत मत पहिलो चरणमा ल्याउने संभावना नभएकाले मंगलवार बिहान पुनःसभापतिका लागि मतदान हुन सक्ने संभावना रहेको बताइन्छ । सभापतिका उम्मेदवार पञ्जियारको पक्षमा निर्वाचन क्षेत्र नम्बर ३ अत्यधिक राम्रो रहेको बताइन्छ ।क्षेत्र नम्बर २ मा प्रसैला बलियो रहने अनुमान गरिएको छ ।यादवको मत क्षेत्र नम्बर १ मा बढी भएको अनुमान गरिएको छ ।

यद्यपि उनको चारवटै क्षेत्रमा मत परेको छ । निर्वाचन क्षेत्र नम्बर ३ को दक्षिणी भेगमा रामबाबु यादव लगायतको आन्तरिक सदभावले काम गरेको बताइन्छ ।निर्वाचन क्षेत्र २ मा रामकृष्ण यादवको भित्री सहयोग यादवले प्राप्त गरेका छन् ।क्षेत्र नम्बर ४ मा पञ्जियार र यादवबीच मतको धेरै फरक नभएको अनुमान गरिएको छ । कलैयाबाट टुडे सहकर्मी सिकिन्दर पासमानले जनाए अनुसार बारा जिल्लामा २५ गते बुधवार मतदान गर्नेमा सहमति जुटेको छ ।सभापतिका ३ जना प्रत्याशी रहेका छन् । राजविराजबाट टुडे सहकर्मी मनोज माझीले जनाए अनुसार मंगलवार मतदान हुने भएको छ ।सप्तरीमा सत्रुधन प्रसाद यादव संस्थापन पक्षबाट र रामदेव साह संस्थापन इतर पक्षबाट सभापतिका उम्मेदवार रहेका छन् ।

https://www.youtube.com/watch?v=tWGZ5Tgq468

Comment


Related News

Latest News

Trending News