२०७८ फाल्गुन २४, मंगलवार ०७:११
तेस्रो बकुलिया गोल्डकपको पाँचौ खेलमा हेटौडा फुटबल एकेड्मी हेटौडा मकवानपुरलाई हराउँदै बकुलिया ११ विजयी भएको छ । हेटौडा फुटबल एकेड्मी हेटौडा मकवानपुरलाई बकुलिया ११ ले २–० ले हराएको हो । बकुलियाको तर्फबाट जर्सि नं.७ का खेलाडी समिर तमाङ्गले खेलको ४० औँ र ५९ औँ मिनेटमा गोल गरेका थिए । हेटौडा फुटबल एकेडमीले निर्धारित समय सम्म एक गोल पनि गर्न सकेन् । खेलको म्यान अफ दी म्याच बकुलिया ११ का समिर तमाङ्ग घोषित भए । मंगलबारको खेल वीरगञ्ज युथ एकेडमी र मकवानपुर ११ बीच हुनेछ । फागुन २८ गते सम्म चल्ने खेलमा विजेताले नगद १ लाख र उप विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

