२०७८ फाल्गुन २४, मंगलवार ०७:२५

नेपालका लागि क्लासिक लिजेन्ड्सको एक मात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्राइभेट लिमिटेडले जनकपुरधामको थापाचोकमा डिलरको स्थापना गरेको छ ।

सो अन्तर्गत सोमबार आयोजित एक समारोह बीच भाष्कर एण्ड भाष्कर ईन्टरप्राईजेज प्रा. लि. को स्थापनासँगै सुसज्जित र पूर्ण रुपमा सञ्चालित जावा मोटरसाइकलको विशिष्ट शोरूमको उद्घाटन गरिएको छ । भाष्कर एण्ड भाष्कर ईन्टरप्राईजेज प्रा. लि. का प्रबन्ध निर्देशक श्रीमती विनय मनि शर्माको आमा माया देवी र मिस युनिभर्स नेपाल २०२१ तथा जावा मिस फियर्स सुजिता बस्नेतले संयुक्त रुपमा सो शो रुमको उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा अग्नि मोटोइंक प्रा. लि. का सेल्स हेड श्री प्रत्युष श्रेष्ठले जावा मोटरसाइकल शहर बजारमा मात्र नभइ हाईवेको यात्राका लागि पनि निकै आरामदायी र उपयुक्त रहेको बताएका छन् । मोटरसाइकल पारखीले आफ्नो व्यक्तित्व अनुसार आफूलाई सुहाउँदो र मनपर्ने मोडलका जावा मोटरसाइकल सहजै पाउन सकिने बताउंदै उनले भने,‘अरुभन्दा फरक हुन चाहने, भीडमा आफ्नो छुट्टै पहिचान बनाउन खोज्ने र उच्चस्तरीय, आधुनिक टेक्नोलोजीको रेट्रो क्लास्सिक मोटरसाइकल चढ्न चाहने सबैका लागि भने जस्तै बाइक जावा नै हो ।’ देशका विभिन्न स्थानहरुमा राम्रो प्रतिक्रिया पाईरहेको जावा मोटरसाइकलले जनकपुरका युवा तथा मोटरसाइकल प्रेमीहरुका बीच पनि सफलता हात पार्नेछ भन्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

भाष्कर एण्ड भाष्कर ईन्टरप्राईजेज प्रा.लि. का प्रबन्ध निर्देशक श्रीमति विनय मनि शर्माले सांस्कृतिक तथा पर्यटकीय स्थल भनेर परिचित हाम्रो थातथलो, जनकपुरधाममा क्लासिक लिजेण्ड्सको जावा मोटरसाइकल ल्याउन पाउनु कम्पनीको लागि गौरवको कुरा रहेको उल्लेख गरे । ‘जनकपुरधाम तथा आसपास क्षेत्रका क्षेत्रका मोटरसाइकल प्रेमीहरूका लागि यी क्लासिक मोटरसाइकलहरू उपलब्ध गराउन पाउँदा हामी निकै उत्साहित भएका छौँ । जावा एक प्रमाणिक र प्रतिष्ठित ब्राण्ड हो, जसले निश्चित रूपमा मोटरसाइकल प्रेमीहरूको स्वायत्त चाहनालाई पूरा गर्नेमा म धेरै आशावादी छु र समय अनुरुप अझ फेसनेबल र बलियो निर्माण सुविधाहरुयुक्त बनेको जावा जनकपुरका ग्राहकहरुमाझ पनि छिट्टै नै लोकप्रिय हुनेमा विश्वस्त पनि छु ।’,उनले भने । मिस युनिभर्स नेपाल २०२१ तथा जावा मिस फियर्स, सुश्री सुजिता बस्नेतले उद्घाटन गर्दै जावाले सधैं आकर्षक डिजाईन र कार्यकुशलताले मोहित बनाएको बताइन् । जावा एक मोटरसाइकलमात्र नभई एक क्लास हो भन्दै उनले यस् कम्पनी सँग आबद्ध हुन पाउदा एकदमै गौरावान्वित महसुस गरेको उल्लेख गरिन् ।

जावा जनकपुरमा आफ्नो नयाँ डिलर बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, वीरगञ्ज, नारायणघाट, पोखरा, बाग्लुंग, बुटवल, भैरहवा, नेपालगञ्ज, सुर्खेत, दाङ्ग र धनगढीका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसके पछि जनकपुरधाममा नयाँ डिलर नियुक्तिसँगै पूर्ण सुसज्जित थ्री यश शोरूम स्थापना गरेको हो । मोटरसाइकल प्रेमीहरूले अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्रीमा निर्मित बबर पेराक मोडलहरू समावेश भएका विभिन्न मोडलका जावा मोटरसाइकलहरू बुक गर्न र थापाचोक, जनकपुर आसपासका क्षेत्रमा टेस्ट राईडको सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ ।

 

https://www.youtube.com/watch?v=tWGZ5Tgq468&t=5s

Comment


Related News