१५ दिने मिथिला मध्यमा परिक्रमाको क्रममा बेहोश भएर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा परिक्रमामा सहभागी भारत बिहारको मधुवनी जिल्ला भाईसपट्टी थाना बासुपट्टीका राजेन्द्र साहकी ५० वर्षीया श्रीमती प्रमीला देवी साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । महोत्तरीको मटिहानीबाट जलेश्वरको लागि निस्के क ा े परिक्रमा अन्तर्गत सोमबार जलेश्वर नगरपालिका–२ साउजीपट्टी नजिक पोखरीमा नुहाउने क्रममा रिंगटा लागेर उनी बेहोस भएकी थिइन् । उपचारको लागि जलेश्वर स्थित शान्ति कम्युनिटी अस्पताल जलेश्वरमा लगिएको थियो भने सो क्रममा उनको मृत्यु भएको जनाइएको छ । उनको शव परीक्षणका लागि जलेश्वर अस्पतालमा लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
https://www.youtube.com/watch?v=tWGZ5Tgq468&t=5s

