अपडेट 
२०७८ फाल्गुन २४, मंगलवार ०८:२८

१९ कार्तिक २०७७ साल दिपावलीको दिन । हिन्दु समुदायको महत्वपूर्ण पर्व दीपावली भएकोले जनकपुरधाममा बिहानै देखि चहलपहल थियो । सर्वसधारणदेखि व्यपारीहरु आ– आफ्ना प्रतिष्ठानको सरसफाईमा तल्लीन थिए । दीपावलीमा साकाहारी खाना खाने चलन भएकाले जनकपुरधामको पेठिया बजारमा पनि तरकारी किनमेल गर्नेको भीडभाड पनि उतिकै थियो । त्यही भीडमा सुबोध साहले पनि तरकारी बेचिरहेका थिए । पसलमा ग्राहकहरुको संख्या धेरै भएकोले सहयोगको लागि २१ वर्षीया छोरी आरती साहलाई सुबोधले फोन गरी पसलमा बोलाएका थिए । बुवाले बोलाएपछि ४ वर्षीया छोरी रिया साहलाई संगै लिएर आरती त्यहीँ पसलमा जाँदै थिइन् । बुवाको तरकारी पसलमा पुग्नै लाग्दा आरतीको अगाडि एक्कासी प्रकट भए आफ्नै श्रीमान धनुषा देवडिहाका २६ वर्षीय संजिव कुमार साह । २ वर्षदेखि आरती श्रीमानसँग छुट्टिएर माइत मै बस्दै आएकी थिइन् । संजीव एक्कासी आरतीको बाटो छेक्दै तिमीलाई आफ् नो रुप र सौन्दर्यको घमण्ड छ, यो सदाको लागि समाप्त गरी दिन्छु भन्दै पछाडि हातमा लुकाएर राखेको एसिड आरतीको अनुहारमा छ्याप्दै फरार भए । आरतीलाई पहिला त पानी छयापेर भागेछन् भन्ने भान भयो तर केही क्षणमै आरतीको अनुहार र शरीरको विभिन्न भागहरु जल्न थाल्यो । छोरी रिया पनि कराउन थालिन् । त्यस पछि उनीहरु कराएको देखेर बजारमा रहेकाहरु उनलाई उपचारका लागि जनकपुर स्थित जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा लगे । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाण्डु पु¥याइयो ।

काठमाण्डुमा लगे पनि घरको आर्थिक अवस्था दयनीय रहेको आरतीको उपचारमा सामाजिक अभियन्ता उज्जवल थापासहितको सहयोगमा करिव दुई महिनाको सघन उपचार पश्चात उनी जनकपुर फर्केका थिईन् । एसिड प्रहारले कुरुप भएकी आरतीको दाहिने आँखा गुमेको छ भने दाहिने छाती स्तन लगायतको भाग अंगभंग भएको छ । यता, घटनामा जिल्ला अदालत धनुषाले संजीव साहलाई १० वर्ष कैद सजाय आदेश जारी गरेको छ भने उतm घटनामा सहयोगी रहेका एसिड बेच्ने व्यापरी धरौटीमा छुटेका थिए । अहिले आरतीको अनुहारमा हुने जलन समाप्त भए पनि मनमा लागेको आगो शान्त हुन सकेको छैन । उनी भन्छिन्,‘ मेरो रंङ रुप, शरीरलाई बर्वाद गरियो । उसलाई कम्तीमा अदालतले हातमा हतकडी गलाएर शहरभरि घुमाउने आदेश दिनु पथ्र्यो । तर त्यो गरिएन, १० वर्षको कैद त गरियो । तर कसैको रंङरुप बिगार्नेलाई कस्तो सजाय हुन्छ भन्ने त्यो दुनियाले थाहा पाउन सकेनन् ।’ ‘मेरो श्रीमान् जसको छोरीको म आमा हुँ, उसलाई मप्रति थोरै संवेदना बाँकी रहको भए उनी यो हदसम्मको यातना दिने थिएन,उनी भन्छन्,‘ तर त्यो पुरानो समयलाई चर्चा गरेर फर्किने पनि होईन । त्यसकारण अहिले भएको अनुहारलाई दुनियासँग परिचय गराउन थालेको छँु । ५ वर्षीया छोरीलाई अब कसरी उचित शिक्षा दिन सकिन्छ ? छोरीलाई नै सहारा बनाएर जीवनको अगाडिका बाटोहरु पहिल्याउन लागेको छु, उनले थपिन्,‘ मधेश प्रदेश सरकारले ५ लाख सहयोग ग¥यो । त्यसमध्ये अढाई लाख बुवाले नै लगे । बाँकी पैसा लिएर जसोतसो जीवन चलाईरहेको छु ।

’ प्रदेश सरकारले आरतीलाई जागीर दिने अश्वासन दिएको छ । तर आरतीसंग नेपाली नागरिकता नरहेकोले अहिले जागीर पनि पाउन सकेका छैनन् । श्रीमान जेलमा छन्, ससुराहरु रिसाएका छन्, कसले नागरिकता बनाई दिने हो ? उनी भन्छिन्,‘ त्यसकारण अहिले दैनिक गुजाराका लागि पेठिया बजारमा तरकारी बेच्ने काम गरिहेको छु ।’ छोरी रियालाई स्थानीय मोनालिसामा मासिक १ हजार रुपैयाँ तिरेर पढाउंदै आएको उनले बताईन् । अनुहार कुरुप भए पछि समाजले विभेद नगरेको होईन, उनी थप्छिन्,‘ तर दुनियाको कुरा सुनेर के गर्ने ? को सँग लड्ने ? लडेर अनुहार पुरानो जस्तो हँुदैन । अनुहार कुरुप देखिए पनि मन भित्र रहेको सुन्दरतालाई नै यो समाजमा स्थापित गराउने म प्रयासरत् छु । ’

Comment


Related News

Latest News

Trending News