२०७८ फाल्गुन २४, मंगलवार २१:२६
कांग्रेस रौतहटको १४ औं अधिवेशनको क्रममा भएको मतदानमा सुनिलकुमार यादव विजयी भएका छन् ।
यादवले १ हजार ३ सय ६२ मत प्राप्त गरेका थिए । निकटतम हृद्यनारायण यादवले १ हजार ६४ मत पाएका छन् । विजयी सुनिल देउवा पक्षका र हृद्यनारायण कोइराला पक्षका हुन् ।
कांग्रेसको जिल्लामा २ हजार ५ सय ९० मतदाता रहेकोमा २ हजार ५ सय १८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

