२०७८ फाल्गुन २५, बुधबार ०७:१३

सर्लाहीको मलंगवा एक कार्यक्रमका सहभागीहरुले नेपालको प्रचलित कानून अनुसार २० वर्ष भन्दा कम उमेरमा विवाह नगरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मंगलबार ११२औं अन्तर्र ाष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरिएको “सामाजिक न्याय र लैंगिक समानता,दिगो विकासको सुनिश्चितता’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी किशोर,किशोरी तथा अभिभावक र जनप्रतिनिधिहरुले सो प्रतिवद्धता व्यक्त गरेका हुन् । कार्यक्रमका बीच सामूहिक रुपमा ब्यानरमा हस्ताक्षर गरेर सो प्रतिबद्धता व्यक्त गरिएको हो । प्रतिवद्धता ब्यानरमा हस्ताक्षर गर्दै मलंगवा नगरपालिका तथा कौडेना गाउंपालिका प्रमुखहरुले यसअघि जे जस्तो भए पनि अब उपरान्त आफ्नो पालिकामा २० वर्ष नपुगि कसैको पनि विवाह हुन नदिने र यदि कसैले नेपालको प्रचलित कानून विपरीत विवाह गरिरहेको फेला परे उनीहरुको विवाह दर्ता नगर्ने र कानून बमोजिम कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरे । यस कार्यको सुरुवात आफ्नै परिवारबाट गर्ने समेत उनीहरुले सार्वजनिक रुपमा प्रतिवद्धता जाहेर गरेका छन् ।

मंगलबारदेखि सुरु भएको हस्ताक्षर अभियान कार्यक्रम फागुन २७ गते शुक्रबारसम्म चलाइने कार्यक्रमका संचालक एवं भिएसको नेपालका राष्ट्रिय स्वयंसेवक कृष्ण कुमार मल्लिकले जानकारी दिए । उनले हस्ताक्षर अभियान मलंगवा नपा र कौडेना गापाको हरेक वडाहरुमा चलाउने जानकारी दिए । दुबै पालिकालाई मिलाएर २ हजार भन्दा व्यक्तिहरुको हस्ताक्षर संकलन गर्ने संस्थाको लक्ष्य रहेको मल्लिकले बताए । कार्यक्रममा मलंगवा नगरपालिकाकी उपमेयर शान्ती शबनम मिकरानी ,मलंगवा नपाका मेयर निरसल साह र कौडेना गाउंपालिकाका अध्यक्ष राम प्रसाद राय यादव , दृष्टिविहीन महिला अन्जु धिताल, प्रेरणाका कार्यक्रम अधिकृत रामचन्द्र चौधरी, भिएसओका जिल्ला परियोजना अधिकृत राजन कर्ण, ओसिएमसी सर्लाहीकी दिवानी घिमिरे,कौडेना गापाको शिक्षा शाखा संयोजक राज किशोर यादव,मलंगवा नपा शिक्षा शाखा संयोजक प्रमोद मण्डल,मावि कौडेनाका प्रअ नागेन्द्र राय,मलंगवा नपा वडा न–३ र ६ तथा कौडेना गापा वडा न–१,३,४ र ७ का वडाध्यक्षहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

https://www.youtube.com/watch?v=tWGZ5Tgq468

Comment


Related News