२०७८ फाल्गुन २५, बुधबार ०७:१६

तेस्रो बकुलिया गोल्डकपको छैठौँ दिनको खेलमा हेटौडा ११ लाई हराउँदै वीरगञ्ज युथ एकेड्मी विजयी भएको छ ।

हेटौडा ११ लाई वीरगञ्ज युथ एकेड्मीले २–० ले हराएको हो । युथ एकेडमीका तर्फबाट जर्सि नं.११ का खेलाडी कृष्णा शाक्यले २९ औँ र ६५ औँ मिनेटमा १,१ गोल गरेका थिए । हेटौँडा ११ का तर्फबाट निर्धारित समय भित्र कुनै गोल हुन सकेन् । खेलको म्यान अफ दी म्याच वीरगञ्ज युथ एकेड्मीका खेलाडी शाक्य नै घोषित भए । भोलीको सेमिफाईनल खेल बकुलिया ११ भवानीपुर ,बारा र खजुरी ११ ,धनुषा बीच हुने आयोजकले जनाएको छ । खेलको विजेताले नगद १ लाख र उप विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।

Comment


Related News