जनकपुरधामको पर्यटन प्रवद्र्धनका लागि कार्यशाला गोष्ठी मंगलबार सम्पन्न भएको छ । जनकपुरधाम उप– महानगरपालिकाका मेयर लाल किशोर साहको अध्यक्षतामा सम्पन्न सो कार्यशाला गोष्ठीमा वक्ताहरुले पर्यटन प्रवद्र्धनमा जनकपुरधामवासीले खेल्न सक्ने भूमिकाको विषयमा चर्चा गरेका थिए ।
मेयर साहले जनकपुरधाममा पर्यटकीय सम्भावना बढेको बताएका थिए । उनले कोरोना महामारीका कारण अहिले एक देशबाट अर्काे देशको कनेक्टिभिटी टुटेका कारण जनकपुरधाममा पर्यटकको आगमन कम भए पनि विगतको तुलनामा जनकपुरधाममा देश भित्रबाट मात्रै आउने पर्यटकको संख्यामा बढोत्तरी भएको दाबी गरे । उनले भारतीय सवारी साधनको आवागमनमा अहिले पनि अवरोध रहेको बताउँदै अवरोध हटेपछि ठूलो संख्यामा पर्यटक आउने विश्वास व्यक्त गरेका थिए । जनकपुरधामलाई वैवाहिक स्थलको रुपमा विकसित गर्ने आफ्नो लक्ष्य रहेको बताउँदै मेयर साहले केही अराजक व्यक्तिहरु जनकपुरधाममा भएको परिवर्तनबाट आतिएको टिप्पणी गरेका थिए । जनकपुरधामको विकासमा अवरोध पु¥याउन केही पार्टीहरु शीर्ष नेताहरु लागि परेका छन्’ उनले भने–‘खानेपानी मन्त्रालयले जनकपुरधामको विकासकालागि दिएको दुई सय १० करोडको बजेट डीपीआर र टेण्डर भएर फिर्ता लगेको छ ।’ जनकपुरधाम प्रति सरकारको वक्रदृष्टि हुनु दुःखद रहेको बताउँदै मेयर साहले जानकी जन्मभूमि प्रति बेइमानी गर्ने आफै समाप्त हुने बताए । सो अवसरमा जनकपुरधाम उप–महानगरपालिकाका उप–मेयर रीता झाले जनकपुरधाममा पर्यटन प्रवद्र्धन गर्नकालागि उप–महानगरपालिका हर सम्भव प्रयासरत्त रहेको दाबी गरेकी थिइन् ।
उनले यहाँ कसरी पर्यटक भित्र्यिाउन सकिन्छ त्यसको लागि हामीले योजनाबद्ध कार्य गरिरहेको बताइन् । जनकपुरधाममा केही दिनमै पर्यटक भारी संख्यामा आउन सक्ने विश्वास समेत उनले व्यक्त गरेकी थिइन् । कार्यक्रममा संस्कृतिविद् रामबाबु ढकालले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृतको प्रगति विवरण पेश गरेका थिए । उनले पहिलो चरणमा जानकी मन्दिर र दोस्रो चरणमा जनकपुरधामलाईनै विश्व सम्पदा सूचीमा सूचीकृत गराउनुपर्ने बताए । सो अवसरमा मिथिला केन्द्र अमेरिकाका संस्थापक अमितप्रसाद साहले आपूmहरुले मिथिला कला संस्कृति र पहिचानलाई अमेरिकामा प्रचारबाजी गरिरहेको र निकट भविष्यमा नै जनकपुरधाममा अमेरिकी पर्यटकहरु आउने विश्वास व्यक्त गरेका थिए । उनले अमेरिकामा मिथिला महोत्सव, विवाहपञ्चमी लगायतका कार्यक्रमहरु गर्दै आई रहेको जानकारी दिएका थिए । पूर्व युएन अधिकारी नवलकिशोर यादवले जनकपुरधामको पर्यटन प्रवद्र्धन सम्वन्धमा आफ्नो विचार व्यक्त गरेका थिए । मिथिला चित्रकार सम्मानित नेपाल सरकारले मिथिला चित्रकलालाई हुलाक टिकटमा अंकित गरेका चित्रकारहरुलाई सम्मान गरिएको छ । जनकपुरधाम उप–महानगरपालिकाले चित्रकार हरुलाई दोसल्ला, सम्मानपत्र र ११ हजारको चेक प्रदान गरिएको थियो । चित्रकारहरु मञ्जुला ठाकुर, जयकाली मुखिया, अमृता दत्त, राजकुमारी मण्डल,सेलो यादव, सुमित्रा यादव,रेवती मण्डल, पानो दास, मधुमाला मण्डल, चन्द्र रेखा यादव, अञ्जना दास र निर्मलरामलाई सम्मान गरिएको थियो ।

