२०७८ फाल्गुन २५, बुधबार ०७:४५

सर्लाही जिल्लाको गोडैता नगरपालिका–४ रोहुवामा एक विद्यालय भवनको उद्घाटन गरिएको छ । मंगलबार आयोजित एक समारोहबीच दान गरिएको जग्गामा बनेको जगरनाथ राजकुमारी प्राथमिक विद्यालय रोहुवाको उद्घाटन गरिएको हो ।

गोडैता नगरपालिका–४ रोहुवामा रहेको ८४ लाख रुपैयाँ बराबरको आठ कठ्ठा १० धुर जग्गाको जग्गाधनी पुर्जा विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण यादवलाई हस्तान्तरण गरिएको छ । जगरनाथ साह तथा श्रीमती राजकुमारीले विद्यालय निर्माणको लागि जग्गा दान गरेका हुन् । नयाँ विद्यालय भवन बनाउनका लागि विद्यालयले जग्गादाताको खोजी गरेपछि साहले गएको कात्तिक महिनामा जग्गा प्रदान गरेका थिए । उनले विद्यालयलाई जग्गा दान गरे पछि अहिले सो जग्गामा सरकारको ६० लाख रुपैयाँको अनुदानमा चारकोठे पक्की भवन निर्माण गरिएको छ । विद्यालयलाई जग्गा दान गरेर सहयोग गरेको भन्दै साह र उनकी पत्नी राजकुमारीलाई विद्यालयले फूलमाला र दोसल्ला ओढाइ सम्मान समेत गरेको छ । कार्यक्रममा गाउंपालिकाका मेयर वीरेन्द्र कुमार राउतले आफ्नो जग्गा दान गरी समाजको महत्वपूर्ण योगदान पु¥याएको भन्दै जग्गादातालाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा वडाअध्यक्ष शिव कुमार राउत लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Comment


Related News