२०७८ फाल्गुन २५, बुधबार ०७:४८

पर्साको जगरनाथपुरमा निःशुल्क आँखा शल्यक्रिया शिविरआयोजना गरिएको छ ।

‘नेत्रदान जीवनदान’ नाराका साथ आयोजना गरिएको सो शिविरमा नेपाल र भारतका १ सय ३४ जना ज्येष्ठ नागरिकहरुको आँखाको उपचार गरिएको छ । भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोग, नेत्र ज्योति संघ र जगरनाथपुर गाउंपालिकाको आयोजनामा संचालित सात दिने निःशुल्क आँखा शिविरमा निःशुल्क औषधि वितरण समेत गरिएको छ । उपचार गराएका मध्ये मोतियाबिन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया पनि गरिएको छ । शिविरमा भरतपुर आँखा अस्पतालका डाक्टर पुष्पा गिरी श्रेष्ठले सोमबार को दिन १सय ३४ जना को आँखा को शल्यक्रिया गरेकी छिन् । शिविर बुधबार सम्म शिविर सञ्चालन हुने जनाइएको छ । आँखा शिविर सञ्चालन भएको सात दिन मध्ये दुई दिन प्रत्येक वडामा गएर बिरामीहरुको आँखा चेकजाँच गरिएको थियो, भने तीन दिन सम्म शल्यक्रिया गरिने छ ।

निःशुल्क आँखाको शल्यक्रिया गरिएको साथै निःशुल्क चश्मा र औषधी वितरण गरिएको जगरनाथपुरका पूर्व गाविस अध्यक्ष मोसालिम मुखियाले जनाए । भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोग रहेको सो शिविरमा प्रमुख पुष्पा गिरी श्रेष्ठ,डाक्टर राजा हुसैन, शिविरका संयोजक रमेश घिमरे,सपना प्रधान,सुभास सापकोटा,संदेश लामिछाने,अनिल श्रीवास्तव,सहयोगी ,विकास यादव, सुशीला थापा,राजकुमार केवट,लोकेन्द्र विक,रमेश पराजुली,बिपना मानान्धर,सोयल अली,आन्नद यादव,हरि राजवंशी, समेतको प्राविधिक टोलीले सहयोग गर्दै आएको छ ।

Comment

Related News

Latest News

Trending News