नेपाल इन्जिनियर एशोसिएसनको चुनावमा ननपोलिटिकल समुह नेशनल इन्जिनियरिङ्ग एशोसिएसनका उम्मेदवारहरुले आफुहरुको जित सुनिश्चित रहेको दावी गरेका छन् । बुधाबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि सो समुहका सभापती उम्मेदवार ई. गौरी पंडित सहितका उम्मेदवारहरुले देश निर्माण गर्ने इन्जिनियरहरु दलिय रुपमा विभाजित हुनु दुःखद रहेको बताएका छन् ।
दलहरु ईन्जिनियरहरुलाई आ–आफनो चाप्लुसीमा लगाउन र दक्ष प्राविधिकहरुलाई गुलाम बनाएर आफना अभिष्टहरु पुरा गर्न दलिय संगठनहरु खोलेको बताउदै उनीहरुले अब उनिहरुको यो योजना नेशनल इन्जिनियरिङ्ग एशोसिएसनका उम्मेदवारहरुले तोड्ने दाबी गरेका छन । हालसम्म दलिय संगठनहरुले ईन्जिनियरहरुलाई जागिर, पैसा, मासु चुराको लोभ दिएर आफनो कब्जामा पार्ने काम गरेको भन्दै उनीहरु आफुहरुले जिते ईन्जिनियरहरुको दक्षता, कला र शिपलाई थप प्रभावकारी बनाउने किसिमको योजनाहरु ल्याई माध्यमबाट ईन्जिनियरहरुको हक हितका लागि काम गर्ने बताए ।
मधेश प्रदेशको जनकपुरधाम र बिरजंगमा हुने निर्वाचनमा करिव २८ सय ईन्जिनियरहरु मतदान गर्नेछन् । देश भरिमा कुल २२ ह्जार मतदाता रहेको एनईएको निर्वाचन शुक्रवार देशभरिमै हुन गइरहेको छ । चुनावमा कांग्रेसको एक्लै, माओवादी, जसपा र एसमाजवादीको पनि बेग्ला बेग्लै प्यानल बनाइएको छ । त्यसै गरि ननपोलिटिकल प्यानल गरि कुल पाँच समुह चुनावी मैदानमा छन् ।
कार्यक्रममा मधेश प्रदेशको सचिव पदका उम्मेदवार सफल कुमार साह, कोषाध्यक्ष पदका उम्मेदवार तेज नारायण यादव, केन्द्रिय सदस्य पदका उम्मेदवार तपेश्वर यादव सहित समुहका पदाधिकारी र सदस्य उम्मेदवारहरुको उपस्थिती थियो ।

