भाडाको घरमा सञ्चालन हुँदै आएको सप्तरीको डाक्नेश्वरी नगरपालिकाको अब आफ्नै भवन तयार भएको छ । ५ करोड ७० लाखको लागतमा ५७ कोठे तीन तल्ले भवन तयार भएपछि बुधबार उद्घाटन गरिएको छ ।
भवन निर्माणकालागि करिब ५ करोड मूल्य बराबरको १० कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएका सप्तरीको संसदीय क्षेत्र नं.३ का निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरीले नवनिर्मित भवनको बुधबार एक समारोह बीच उद्घाटन गरेका हुन् । यसअघि पनि नगरपालिकामा हाटबजार, स्वास्थ्य संस्था, विद्यालय, प्रहरी चौकी, खानेपानी कार्यालय र खेलमैदानका लागि जग्गा दान गरी दानवीरको उपाधि पाएका सांसद चौधरीले आवश्यक परे थप जग्गा समेत दिन तयार रहेको बताए । प्रमुख प्रशासकीय अधिकृत रामकिशुन यादवले अतिथिहरुको स्वागत गर्दै नगरपालिकाको आफ्नो भवन नहुँदा विगत लामो समयदेखि प्रति महिना ६० हजार

