२०७८ फाल्गुन २६, बिहीबार ०६:२९

महोत्तरी जिल्लाको छुट्टा–छुट्टै स्थानमा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बुधबार दिउंसो एक बजेको समयमा औरही नगरपालिका– ४ माईस्थान सम्सी सडक खण्डमा ट्रक र मोटरसाइकल ठोक्किदा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

गौशालाबाट सम्सी तर्फ जाँदै गरेको प्र.२– ०२–००३ प.५१५९ नं. को मोटरसाईकल र विपरीत दिशा तर्फ बाट आउँदै गरेको ना. ५ ख ७७२७ नं. को ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी गौशाला नपा–२का ४० वर्षीय रामपुनित ठाकुरको मृत्यु भएको छ भने उनको उर्मिला ठाकुर घाइते भएकी छिन् । दुर्घटनामा गंभीर घाइते ठाकुरलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइएको थियो त्यहाँ चिकित्सकहरुले मृत घोषणा गरेका थिए । घाइते उर्मिला ठाकुरको उपचार जारी रहेको छ जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यता दुर्घटनापछि ट्रक र चालक ईलाका प्रहरी कार्यालय गौशालाको नियन्त्रणमा रहेको र घटना सम्बन्धी अनुसन्धान जारी रहेको जनाइएको छ । त्यस्तै बुधबार दिउंसो दुई बजेको समयमा रामगोपालपुर नपा– ६ स्थित विसम्बरपुरबाट सम्सी तर्फ जाँदै गरेको ज १ ह २९८९ नं. को टेम्पो र विपरीत दिशा तर्फ बाट आउँदै गरेको बीआर ३० एम ७९२६ नम्बरको मोटरसाकल एक आपसमा ठोक्किदा एक जना घाइते भएका छन् । सो दुर्घटनामा परी मोटरसाईकल चालक भारत बिहारको सितामढी जिल्ला कानवा ग्रामपञ्चायत वार्ड नं.४ का ५१ वर्षीय महेन्द्र साह घाईते भएका छन भने उनको उपचार स्थानीयस्तरमा भइरहेको छ ।

टेम्पो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको अनुसन्धान जारी रहेको जिप्रका महोत्तरीले जनाएको छ । त्यसैगरी जलेश्वर नपा– ६ बासोपट्टी स्थित नैन्हीबाट जलेश्वर तर्फ जाँदै गरेको ज १३ प २२३५ नं. को मोटरसाईकलले सोही ठाउँका अमजद अंसारीको ४ वर्षीय छोरी शालिना खातुनलाई ठक्कर दिँदा उनी घाइते भएकी छिन् । घाइते खातुनको उपचार शान्ति नर्सिंग जलेश्वरमा भइरहेको जनाइएको छ । त्यस्तै मोटरसाइक र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ कारवाही अगाडि बढाएको जनाएको छ । त्यसै गरी जिल्लाको बर्दिबास नपा– १मा रहको ओम शंकर साहको ३ तल्ले घरको पर्खालमा तानसेन सिमेन्टको प्रचार–प्रसारको लागि वाल पेन्ट गर्ने क्रममा विद्युत हाईटेन्सन लाईनको असरले गर्दा छतबाट लडेर एक जना घाइते भएका छन् । घाइते हुनेमा भारतको बिहार लक्ष्मीपुर ग्रामपञ्चायत का १९ वर्षीय मोहम्मद सलिम घाइते भएका हुन् । उनको उपचार शुभ–स्वास्तिक अस्पताल बर्दिवासमा भइरहेको छ भने अवस्था गंभीर रहेको जनाइएको छ । घटनाबारे अनुसन्धान जारी रहेको जिप्रका महोत्तरीले जनाएको छ ।

Comment


Related News