२०७८ फाल्गुन २६, बिहीबार ०६:४०
सर्लाही जिल्लामा लागुऔषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार जिल्लाको कविलासी नगरपालिका–२ का ३० वर्षीय संजय कुमार महतोलाई पक्राउ गरिएको हो । मंगलवार जिल्लाको हरिवन नगरपालिका–११ कुशवाहा मेडिकल नजिक पूर्व पश्चिम लोक मार्गमा खटेको प्रहरीको टोलीले चेकजाँचको क्रममा ना १४ प ७७३० नम्बरको मोटरसाइकल चेक जाँच गर्दा लागु औषध नाइट्रोभेट १५ पत्तामा रहेको तीन सय पिस सहित महतोलाई पक्राउ गरिएको जिप्रका सर्लाहीका सूचना अधिकारी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
महतो मंगलबार पक्राउ परे पनि प्रहरीले बुधबार उनलाई सार्वजनिक गरेको छ । पक्राउ परेका महतोलाई लागुऔषध नियन्त्रण ऐन सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान जारी रहेको जनाइएको छ ।

