२०७८ फाल्गुन २६, बिहीबार ०६:४९

तेस्रो बकुलिया गोल्डकपका सेमिफाईनल खेलमा बकुलिया ११ भवानीपुर,बारा विजयी भएको छ ।

खजुरी ११ धनुषालाई पराजित गर्दै फाईनलको यात्रा बकुलिया ११ले तय गरेको हो । निर्धारित समय भित्र दुबै पक्षले एक अर्काको विरुद्ध १,१ गोल गरेपछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा बकुलिया ११ भवानीपुर विजयी भएको हो । खेल सुरु भएको २० औँ मिनेटमा जर्सि नं.१९ का खेलाडी उज्जवलले गोल गरेका थिए । त्यसको जबाफमा बकुलिया ११ का जर्सि नं.१२ का खेलाडी चतुरुधन चौधरीले ५४ औँ मिनेटमा गोल फर्काएका थिए । खेलको म्यान अफ दि म्याच बकुलिया ११ का गोल किपर जयराम चौधरी घोषित भए । विहीबारको सेमिफाईनल खेल वीरगञ्ज युथ एकेड्मी पर्सा र नमूना जनउत्थान क्लब सिन्धुली बीच हुनेछ । खेलको विजेताले नगद १ लाख र उप विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Comment


Related News

Latest News

Trending News