जनकपुरधाम ।नेपाली कांग्रेसको धनुषा जिल्लामा सोमवार भएको मतदानमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेको कारण विहीबार पूनःमतदान हुने भएको छ । सभापति पदका लागि मंगलवार अबेर राती मतगणना सम्पन्न भएको थियो ।कांग्रेसको विधान अनुसार ५१ प्रतिशत मत कुनै उम्मेदवारले प्राप्त गर्न नसकेकाले दोस्रो चरणमा प्रमुख दुई उम्मेदवार योगेन्द्र पञ्जियार र सन्तोष यादवबीच प्रतिस्पर्धा हुनेछ । पहिलो चरणको मतदानमा पञ्जियारले सर्वाधिक १ हजार २ सय ४८ मत प्राप्त गरे ।तर त्यो ५१ प्रतिशत पुगेन् ।दोस्रो स्थानमा रहेका सन्तोष कुमार यादवले ८ सय ८३ मत र तेस्रो स्थानमा रहेका दिनेश प्रसैला यादवले ६ सय ३० मत प्राप्त गरे । कूल २ हजार ९ सय १२ जनाले मतदान गरेका थिए ।त्यस मध्ये १ सय ५१ मत बदर भएको थियो ।पहिलो भएका पञ्जियार र दोस्रो रहेका यादवबीच अब सोझो प्रतिस्पर्धा हुनेछ ।
सोमवार भएको मतदानमा मतदाताले इच्छाएको व्यक्तिले मतदान गरेका कारण चुनावमा धाँधली भएको आरोप लागेको छ ।सभापतिका प्रतिद्वन्दी सन्तोष यादवले मतदाता स्वयंले मतदान गर्नुपर्ने अडान लिएका छन् ।अशक्त र आँखा नदेख्ने बाहेकका मतदाता स्वयंले मतदान गर्नुपर्ने बताउँदै यादवले भने, त्यसो नभए मतदान हुन सक्दैन् । पहिलो दिन भएको मतदानमा मतदाताको सनाखत मात्र गरिएको थियो ।मतदान नेताका विश्वासपात्रहरुले गरेका थिए । त्यही प्रक्रिया दोह¥याउने प्रयास मतदान अधिकृतले गर्न थालेको आरोप यादवले लगाएका छन् ।मतदानमा कुनै प्रकारको धाँधली स्वीकार्य नहुने उनले चेतावनी दिए । निर्वाचन अधिकृत अरुण ज्ञवालीले मतदानका लागि गरेको सहमतिको प्रयास सफल हुन सकेन् ।स्वयं मतदान गर्न असक्षम व्यक्तिको मतदान मात्र इच्छाएको व्यक्तिले गर्न पाउने निर्वाचन सम्बन्धी निर्देशिकामा प्रावधान रहेको छ ।निर्वाचन अधिकृत ज्ञवालीसितको छलफलमा सहभागी धीरेन्द्र मोहन झाले जनाए अनुसार निर्देशिका विपरीत मतदान कार्य गराउने विषयमा कुनै सहमति नभएको जनाए । निर्वाचन समितिले बिहान ८ बजेदेखि तिरहुतिया गाछीमा मतदानको कार्यक्रम राखिएको छ ।सभापतिका लागि पूनःमतदान सम्पन्न भई मतपरिणाम सार्वजनिक भएपछि मात्र अन्य पदको मतगणना हुने बताइएको छ । रामचन्द्र पौडेल समूहबाट रामकृष्ण यादव र डा.शेखर कोइराला समुहबाट डा.चन्द्रमोहन यादव समूह परिवर्तन गरी विमलेन्द्र निधि समूहलाई समर्थन जनाएका छन् ।डा.यादव देशको प्रथम राष्ट्रपति डा.रामवरण यादवका जेष्ठ पुत्र हुन् ।निधिले हाल सम्म डा.रामवरण यादवलाई राष्ट्रपति भनेर सम्बोधन गरेका छैनन् । यसैबीच सप्तरी जिल्लाबाट टुडे सहकर्मीले जनाए अनुसार बुधवारपनि मतगणना हुन सकेन् ।दिनभरि नै दुबै समूहबीच सहमति जुटन् नसकेपछि मतगणनाका लागि विहीबार बिहानको समय निर्धारण गरिएको छ ।
सप्तरीमा मंगलवार राती पौने दश बजे सम्म भएको मतदानमा २ हजार ३ सय ४१ मत खसेको थियो ।कुल २ हजार ५ सय ३५ मतदाता रहेको सप्तरीमा संस्थापन पक्षबाट सत्रुधनप्रसाद यादव र शेखर कोइराला समूहबाट रामदेव साह प्यानल सहित भीडेका छन् । निर्वाचन अधिकृत रुद्रनारायण शर्माले दुबै पक्षबीच सहमति भए अनुसार विहीबार बिहान जिल्ला समन्वय समितिको सभाहलमा मतगणना गरिने जनाए । बाराबाट टुडे सहकर्मीले जनाए अनुसार मतदान सम्पन्न भइसकेको छ ।मतगणना विहीबार गर्ने बताइएको छ ।सभापतिमा संस्थापन पक्षबाट राजेश राय यादव र शम्भुबहादुर बुढाथोकी र संस्थापन इतर पक्षबाट रामानन्द यादव उम्मेदवार छन् । बिहान ९ बजेर ४० मिनेटबाट शुरु भएको निर्वाचन बेलुका ७ बजे सम्म भएको प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतिले जनाए ।बारामा ९८ प्रतिशत मतदान भएको छ । कूल २ हजार ४ सय ९३ मतदाता रहेकोमा २ हजार ४ सय मत खसेको उपे्रतिले जनाए । राती १० बजेदेखि सभापतिको मतगणना गरिने उनले जनाए । नेताहरुका पहिलो चरणमा परिणाम आउने संभावना न्यून रहेको छ ।तर बुढाथोकी अगाडि रहने अनुमान गरिएको छ ।दोस्रो चरणमा परिणाम फेरिने संभावना बलियो रहेको बताइन्छ । राजेश राय र बुढाथोकी दुबै संस्थापन पक्षबाट नै उम्मेदवार रहेकाले दोस्रो चरणमा परिणामको अनुमान गर्न कठिनाई भएको नेताहरुले जनाए ।
https://www.youtube.com/watch?v=tWGZ5Tgq468&t=6s

